सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर-३ का वडाध्यक्ष विनोदसिंह विष्ट चोरी आरोपमा पक्राउ परेका छन् । उनलाई उपभोक्ता समितिको ६ लाख ५० हजार रकम चोरीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेत डीएसपी लक्ष्मण शाहीले जानकारी दिए ।
प्रहरीका अनुसार वडाध्यक्ष विष्टसहित ३ जनाले एउटा उपभोक्ता समितिको ६ लाख ५० हजार रकम चोरेर फरार भएको उजुरी बिहीबार प्रहरीमा परेको थियो । वडाध्यक्ष विष्ट, सुशील गुरुङ, बलिराज शाहीले खोर्केखोला तटबन्ध उपभोक्ता समितिको रकम धम्क्याएर लगेको उजुरीमा उल्लेख छ ।
वडाध्यक्ष विष्ट यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिवलाई मुक्का हानेर चर्चामा आएका थिए । विष्ट नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्
प्रकाशित मिति : २०८० असार २४ गते आइतबार
प्रतिक्रिया दिनुहोस्