कोहलपुर ।
कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान, जीवन दान भन्ने मूल नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न भएको हो । विकास संवाद समृद्धिको बाटो नामक संस्थाको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए ।
संस्थाकी अध्यक्ष माया गौतमका अनुसार रक्तदान गर्नेमा तीनजना महिला र २७ जनापुरुष छन् । रक्त अवसरमा लुम्बिनी प्रदेश सदस्य दुर्गाप्रसाद चौधरी, विभिन्न सामाजिक व्यक्ति तथा सर्वधारणले रक्तदान गरेका थिए ।
उक्त अवसरमा बोल्दै प्रदेशसभा सदस्य चौधरीले रक्तदान गर्नु जीवन दान गर्नु सरह भएको बताए । महिलाहरुको सञ्चालन गरेको संस्थाले आयोजना गरेको कार्यक्रममा सामाजिक कार्यमा साथ दिनुपर्छ भन्ने उद्देश्यले सहभागी भएको उनको भनाइ छ ।
प्रदेशसभा सदस्य चौधरीले स्वास्थ्य संस्थामा रगत अभाव हुन नदिन यस्ता कार्यक्रमको भूमिका महŒवपूर्ण हुने बताए । आयोजक संस्था विकास संवाद समृद्धिको बाटोकी अध्यक्ष गौतमले संस्थाले जिल्लाका विभिन्न स्थानमा सामाजिक कार्य गर्दै आएको बताइन् ।
उनका अनुसार सामाजिक कार्यकै शिलशिलामा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
प्रतिक्रिया दिनुहोस्