नेपालगन्ज ।
नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक वर्ष २०८/०८१ का लागि एक अर्ब ६७ करोड ५६ लाख एक हजार पाँच सय ८७ रुपैयाँको बजेट अनुमोदन भएको छ । उपमहानगरपालिकाको बजेट र नीति तथा कार्यक्रम शनिबार सर्वसम्मत पारित भएको हो ।
नगरसभाको १३औँ अधिवेशनको दोस्रो बैठकबाट शनिबार बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । नगरप्रमुख प्रशान्त विष्टले निर्णयार्थ प्रस्तुत गरेको नीति तथा कार्यक्रम, बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मत पारित भए ।
असार ९ गते बसेको नगरसभाको १३औँ अधिवेशनको पहिलो बैठकमा नगर प्रमुख विष्टले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र उपप्रमुख कमरुद्दीन राईले बजेट प्रस्तुत गरेका थिए ।
संघीय तथा प्रदेश सरकारबाट प्राप्त भएको आय अनुमान तथा आन्तरिक आयसमेतको आधारमा बजेट ल्याइएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले बताए ।
समग्र नगर विकासका लागि वडा कार्यालयसँगको सहकार्यलाई आत्मसाथ गर्दै चालु आर्थिक वर्ष जस्तै आगामी आर्थिक वर्षका लागि पनि २५ करोड रुपैयाँ सिलिङ उपलब्ध गराउने व्यवस्था गरेको उपप्रमुख राईले उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्