20 June 2024  |   बिहिबार, असार ७, २०८१

गायक रोविन तामाङको आज अन्त्येष्टि गरिने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार २४, २०८०  

काठमाडौँ ।

गायक तथा कलाकार रोविन तामाङको आज अन्त्येष्टि गरिँदै छ । अन्तिम संस्कारको लागि बिजेश्वरीस्थित शोभा भगवतीमा लानु अघि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान सङ्गीत तथा नाट्य एकेडेमीको प्राङ्गण नक्सालमा राखिनेछ ।

आज बिहान ८ बजेदेखि ११ बजेसम्मको लागि नक्सालस्थित एकेडेमीको प्राङ्गणमा श्रद्धाञ्जली अर्पणपछि उनको शव शोभा भगवती लगेर अन्तिम दाह संस्कार गरिनेछ ।

गायक रोविनको गत मंगलबार निधन भएको थियो। उनी बूढानीलकण्ठस्थित निवासमा मृत फेला परेका थिए।

 

प्रकाशित मितिः आइतवार, असार २४, २०८०     7:18:44 AM  |