काठमाडौं ।
मुग्लिन-नारायणगढ सडक खण्डको काली खोला नजिकै शनिबार दिउँसो ४ बजेतिर सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।
पटकपटक पहिरोका कारण सडक अवरुद्ध भएर केही दिनयता नियमित सञ्चालनमा रहेको यो सडक खण्डमा शनिबार फेरि पहिरो गएर सडक अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ।
थप पहिरो नखसे पहिरो पन्छाउन ५ घण्टा जति समय लाग्ने बताइएको छ।
प्रकाशित मिति : २०८० असार २३ गते शनिबार
प्रतिक्रिया दिनुहोस्