17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

बहुविवाहका फरार प्रतिवादी पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, असार २३, २०८०  

ईश्वरी पौडेल,नेपालगन्ज (बाँके)
बहुविवाह मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ परेका छन् । डुडुवा गाउँपालिका–३ का ३५ वर्षीय कमरुद्दीन खाँ र २६ वर्षीया रेश्मा पक्राउ परेका हुन् ।
गत फागुन ३० गते जिल्ला अदालतले उनीहरुलाई जरिवाना र सजाय सुनाएको थियो ।

जिल्ला अदालतले कमरुद्दीनलाई १० महिना २९ दिन कैद र पाँच हजार जरिवाना तोकेको थियो । त्यस्तै रेश्मालाई एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकेको प्रहरीले जनाएको छ ।
उक्त फैसलापछि उनीहरु फरार थिए । फरार प्रतिवादी दुवैजनालाई शुक्रबार पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको प्रहरीको भनाइ छ ।

प्रकाशित मितिः शनिबार, असार २३, २०८०     10:16:52 AM  |