नेपालगन्ज (बाँके), शैक्षिक क्यालेण्डर केही परिमार्जन गरी कोहलपुर नगरपालिकाले बर्खे बिदा गरेको छ । असार २२ गतेदेखि साउन ५ गतेसम्म बर्खे बिदा गरेको हो ।
साउन ६ गते शनिबार परेकाले ७ गतेदेखि विद्यालय सञ्चालन हुने कोहलपुर नगरपालिकाअन्तर्गतको शिक्षा तथा खेलकुद शाखाका प्राविधिक सहायक बलबहादुर नेपालीले जनाए ।
उनका अनुसार शैक्षिक क्यालेण्डर अनुसार साउन १० गतेदेखि विद्यालय सञ्चालन हुने भनिएको छ । ‘शैक्षिक क्यालेण्डरमा साउन १० गतेदेखि विद्यालय सञ्चालन हुने भनेको छ,’ उनले भने, ‘तर, हामीले बर्खे बिदा कटौती हुने गरी गर्मी बिदा दिएका थियौं । त्यसैले केही दिन अघिबाट विद्यालय सञ्चालन गर्ने छौं ।’
गर्मी बिदाका कारण शैक्षिक क्यालेण्डरअन्तर्गत बर्खे बिदाको समय तालिका केही परिमार्जन गरिएको शिक्षा तथा खेलकुद शाखाले जनाएको छ ।
प्रकाशित मिति : २०८० असार २३ गते शनिबार
प्रतिक्रिया दिनुहोस्