खजुरा ।
खजुराका २१ जना कृषकलाई शुक्रबार घाँस काट्ने मेसिन वितरण गरिएको छ । खजुरा गाउँपालिकाको लघु उद्यम शाखाले लक्षित वर्गअन्तर्गत उनीहरुलाई उक्त मेसिन वितरण गरेको हो ।
न्यूनतम तीनवटाभन्दा बढी गाईभैँसी र ३० वटाभन्दा बढी बाख्रा पालन गरेका २१ जना किसानलाई घाँस काट्ने मेसिन वितरण गरिएको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जनाए ।
साथै यहाँका किसानलाई गाउँपालिकाले कृषिसम्बन्धी सीपमूलक तालिमसमेत दिँदै आएको छ ।
प्रकाशित मिति : २०८० असार २३ गते शनिबार









प्रतिक्रिया दिनुहोस्