20 June 2024  |   बिहिबार, असार ७, २०८१

कोहलपुरमा साउन ५ गतेसम्म बर्खे बिदा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, असार २३, २०८०  

नेपालगन्ज (बाँके) ।

शैक्षिक क्यालेण्डर केही परिमार्जन गरी कोहलपुर नगरपालिकाले बर्खे बिदा गरेको छ । असार २२ गतेदेखि साउन ५ गतेसम्म बर्खे बिदा गरेको हो । साउन ६ गते शनिबार परेकाले ७ गतेदेखि विद्यालय सञ्चालन हुने कोहलपुर नगरपालिकाअन्तर्गतको शिक्षा तथा खेलकुद शाखाका प्राविधिक सहायक बलबहादुर नेपालीले जनाए ।

उनका अनुसार शैक्षिक क्यालेण्डर अनुसार साउन १० गतेदेखि विद्यालय सञ्चालन हुने भनिएको छ । ‘शैक्षिक क्यालेण्डरमा साउन १० गतेदेखि विद्यालय सञ्चालन हुने भनेको छ,’ उनले भने, ‘तर, हामीले बर्खे बिदा कटौती हुने गरी गर्मी बिदा दिएका थियौं । त्यसैले केही दिन अघिबाट विद्यालय सञ्चालन गर्ने छौं ।’

गर्मी बिदाका कारण शैक्षिक क्यालेण्डरअन्तर्गत बर्खे बिदाको समय तालिका केही परिमार्जन गरिएको शिक्षा तथा खेलकुद शाखाले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, असार २३, २०८०     7:49:57 AM  |