19 June 2024  |   बिहिबार, असार ७, २०८१

पल्सर एनएस २०० र एनएस १६० नेपाली बजारमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार २२, २०८०  

काठमाडौं ।

नेपालका लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ पल्सर एनएस २०० र एनएस १६० सार्वजनिक गरेको छ।

यी दुवै अत्याधुनिक मोडलहरूले नेपाली राइडरहरूको बाइकिङ अनुभवलाई नयाँँ परिभाषा दिने कम्पनीले विश्वास लिएको छ।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘हाम्रा दुई नयाँ बाइकहरू पल्सर एनएस २०० र एनएस १६० बजारमा ल्याउन पाउँदा हामी एकदमै उत्साहित छौँ। नयाँँ–नयाँँ विशेषता सहितको अत्याधुनिक बाइकहरू ल्याएर हाम्रा राइडरहरूको राइडिङ अनुभवलाई निरन्तर परिष्कृत गर्दै लैजाने हाम्रो प्रतिबद्धता रहनेछ।’

पल्सर एनएस २०० युएसडी (अपसाइड डाउन)

पल्सर एनएस २०० मा १९९.५ सिसिको लिक्विड कुल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजी सहितको अत्याधुनिक बिएसभिआई इन्जिन रहेको छ।

यस मोटरबाइकले ९७५० आरपिएममा २४.५ पिएसको पावर आउटपुट र ८००० आरपिएममा १८.७४ एनएमको टर्क प्रदान गर्छ। यो पावरहाउसले रोमाञ्चक एस्किसलरेसन र उत्साहजनक पर्फमेन्स दिने कम्पनीको भनाइ छ।

यसले विशिष्ट सवारी अनुभव सुनिश्चित गर्दै उल्लेखनिय स्थिरता र सटिक ह्यान्डलिङ प्रदान गर्ने कम्पनीको भनाइ छ।

पल्सर एनएस १६० युएसडी (अपसाइड डाउन)

पल्सर एनएस १६० युएसडीमा १६०.३ सिसिको आयल कुल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजी सहितको बिएसभिआइ इन्जिन रहेको छ।

९००० आरएमपीमा १७ पिएसको अधिकतम पावर र ७२५० आरएमपीमा १४.६ एनएमको टर्क प्रदान गर्दै यो पावर हाउसले रोमाञ्चक गति र प्रतिक्रियाशील कार्य सम्पादन गर्ने कम्पनीले बताएको छ।

राम्रो नियन्त्रण र सुरक्षालाई मध्यनजर गर्दै डिजाइन गरिएका यि दुवै मोटरसाइकलमा अगाडि ३०० एमएमको डिस्क ब्रेक र पछाडिको २३० एमएमको डिस्क ब्रेक प्रदान गरिएको छ।

यी दुवै बाइकहरूमा राइडर्स सेफ्टीलाई पहिलो प्राथमिकतामा राख्दै बजाजले डुअल च्यानल एबिएस प्रणाली अपनाएको छ जसले ब्रेकमा अझै राम्रो कन्ट्रोल र स्थिरता प्रदान गर्छ।

यि दुवै बाइकमा ३३ एमएम अपसाइड डाउन फ्रन्ट सस्पेन्सन र क्यानिस्टर सहितको रियर नाइट्रोक्स मोनो सक सस्पेन्सनको संयोजनमा राइडरले कुनै पनि सडकमा सजिलैसँग चलाउन, सहज र आरामदायी सवारीको मजा लिन सक्नेछन्।

यसको पेरिमिटर फ्रेम र ट्युबुलर फ्रेम इन्जिनको स्ट्रेस्ड मेम्बरले उत्कृष्ट सन्तुलन र स्थिरता सुनिश्चित गर्दछ। यसमा रहेको स्पिडोमिटर कन्सोलमा गियर इन्डिकेटरका साथसाथै ट्याङकीमा बाँकी रहेको फ्युलले कति किलोमिटर बाइक अझै गुड्छ पनि देखाउँछ।

अगाडि १००/८०–१७ र पछाडि १३०/७०–१७ एमएमको उत्कृष्ट ग्रिप भएको ट्युबलेस टायरहरूले यी मोटरसाइकललाई उच्च पकड र स्थिरता प्रदान गर्नुका साथै राइडरलाई प्रत्येक मोड र चालमा आत्मविश्वास प्रदान गर्ने कम्पनीको भनाइ छ।

पल्सर एनएस २०० र एनएस १६० नेपाली बजारमा क्रमशः ४ लाख २४ हजार ९०० रुपैयाँ र ३ लाख ८४ हजार ९०० रुपैयाँमा उपलब्ध छन्।

प्रकाशित मितिः शुक्रबार, असार २२, २०८०     1:37:54 PM  |