नेपालगन्ज (बाँके), जिल्ला कारागार नेपालगन्जमा एकजना कैदीबन्दी मृत अवस्थामा भेटिएका छन् । जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ता बुधबार बिहान मृत अवस्थामा भेटिएका हुन् ।
शौचालयमा उनी मृत भेटिएका थिए । उनको शव झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति : २०८० असार २२ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्