19 June 2024  |   बिहिबार, असार ७, २०८१

१५ दिनअघि मात्रै पक्राउ परेका थिए कारागारमा मृत भेटिएका युवक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, असार २१, २०८०  

बाँके ।

नेपालगञ्ज कारागारमा एक युवकले जेल परेको १५ दिनमै कारागार भित्रै मृत फेला परेका छन्।

जिल्लाको जानकी गाउँपालिका– ६ का २३ वर्षीय निरजकुमार बानियाँ बिहीबार बिहान पाँच बजे कारागारको बाथरुममा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए।

बानियाँ असार ५ गते मात्रै पक्राउ परेका थिए। २०७९ चैत्र २२ गते बाँके जिल्ला अदालतले डाँका चोरी मुद्दामा उनलाई तीन वर्ष कैद र ३० हजार जरिवाना हुने फैसला सुनाएको थियो ।

त्यसयता फरार रहेका बानियाँ १५ दिन अगाडि मात्रै पक्राउ परेका हुन्।

अहिले पोष्टमर्टमका लागि बानियाको शव नेपालगंजस्थित भेरी अस्पतालमा पठाइएको डिएसपी डाँगीले जानकारी दिए।

प्रकाशित मितिः बिहिबार, असार २१, २०८०     7:08:34 PM  |