फरार अभियुक्त पक्राउ



बाँके, जबर्जस्ती करणी मुद्दामा कैद सजाय तोकिएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । डुडुवा गाउँपालिकाका विष्णु भनिने अर्जुन कोरीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत बाँकेले गत फागुन १६ गते जबर्जस्ती करणी मुद्दामा उनलाई दुई वर्ष ६ महिना कैद सजाय तोकेको थियो । सोही बेलादेखि फरार रहेका कोरीलाई घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब परीक्षक (डिएसपी) नारायण डाँगीले जनाए ।

पक्राउ परेका कोरीलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा बुझाएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८० असार २१ गते बिहीबार