डुडुवामा लिफ्टसहितको भवन उद्घाटन हुँदै



नेपालगन्ज, नवनिर्मित डुडुवा गाउँपालिकाको अत्याधुनिक प्रशासनिक कार्यालय भवनमा स्थान्तरण गरिने भएको छ । भूकम्प प्रतिरोधात्मक लिफ्टसहितको निमार्ण सम्पन्न नयाँ भवनमा स्थान्तरण गर्न थालिएको हो ।
बुधबार नयाँ कार्यालय भवनमा शुभसाइतमा गृह प्रवेशको पुँजापाठ गरी स्थान्तरण गर्न लागिएको छ । भवनले गाउँपालिकाको कामकाजमा निकै सहजता उत्पन्न गराउने र सेवाग्राहीलाई अझ बढी गुणस्तरीय सेवा प्रदान गर्नमा मद्दत पुग्ने विश्वास व्यक्त गर्दै पालिकाका कर्मचारीहरुलाई सेवा प्रवाह गर्नमा सहजता हुने गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।

‘कार्यालय भवनको अभावमा कर्मचारीलाई बस्न समस्या छ,’ उनले भने, ‘यसले कर्मचारी र सेवाग्राहीबीचको सम्बन्धसमेत दुरी बनाएको थियो ।’
त्यसैले यो नयाँ भवनले सेवा प्रवाहमा सहजता हुने उनको भनाइ छ ।

पालिकालाई सवारी साधन, विभिन्न ईकुमेन्ट, मेसिन, औषधि स्टोरलगायत व्यवस्थापन गर्ने समस्या अब अन्त्य हुने भएको छ । वडा नम्बर ३ बनकट्टीस्थित२० कठ्ठाजग्गामा १३ करोड २६ लाखको लागतमा अत्याधुनिक कार्यालय भवन निमार्ण भएको प्राविधिक शाखा प्रमुख सुरेन्द्र बर्माले बताए ।

उनका अनुसार चार तल्ले भवनमा पाँच सयजना क्षमता भएको ठूलो सभागृह, बैठक कक्ष, न्यायका लागि इजलास कक्ष, ३२ वटा कार्यालय कोठा, स्टोर कोठा, शौचालय, बाउण्ड्री, ठूला तथा साना सवारी साधनका लागि पार्किङ, प्ले ग्राउण्ड, सेवाग्राहीका लागि प्रतीक्षालय, सुरक्षागार्ड रुम र लिफ्टसहितको भवन निमार्ण भएको छ ।
गाउँपालिकाको भवन अपांगमैत्री, बालमैत्रीसँगै अत्याधुनिक फाउन्टेनको व्यवस्थापन गरिएको छ । रोयल कन्स्ट्रक्सन धनगढीले सम्झौता गरेको अवधिभित्र नै भवन निमार्णको कार्य सम्पन्न गरेको छ । बाँके जिल्लामै डुडुवामा पहिलो भवन तयार भएको हो । गाउँपालिकाले वडा नम्बर ४ स्थित भवनबाट सेवा प्रवाह गरिरहेको छ भने शाहपुर्वा विद्यालयको सभाहलबाट गाउँसभा बस्दै आएको छ । कार्यालय भवनको उद्घाटन भने पछि गरिने छ ।

  • No tags available
प्रकाशित मिति : २०८० जेठ १७ गते बुधबार