भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य



काठमाडौं।

भारतबाट पेट्रोलियमको मूल्य घटेर आएको छ।

अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य घटबढसँगै ईन्डियन आयल कर्पोरेशनले नेपालका लागि २०२३ मार्च १६ तारिखबाट लागु गरेको नयाँ मुल्य सूची पठाएको हो।

नेपाल आयल निगमले खरिद गर्ने सिलिगुडी डिपोको मार्च १ तारिखको मूल्य भन्दा घटेर आएको छ। पेट्रोल प्रति लिटर ८६ पैसा‌ र डिजेलको मूल्य प्रति लिटर १ रुपैयाँ ५० पैसाले घटेर आएको छ।

  • No tags available
प्रकाशित मिति : २०७९ चैत २ गते बिहीबार