30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

फत्तेबालले सेवा विस्तार गर्ने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन २९, २०७९  

मिसन संवाददाता
फत्तेबाल आँखा अस्पतालले अन्धोपन निवारणका लागि सेवा विस्तार गर्ने भएको छ । नेपाल नेत्र ज्योति संघ बाँके शाखाको शनिबार सम्पन्न २९औं जिल्ला सभामा नेपाल नेत्रज्योति संघ बाँके शाखाका सभापति रतनकुमार टण्डनले भौतिक विकासँगै समयसापेक्ष चिकित्सा सेवा पनि विस्तार गरिने बताए ।


अस्पतालले सर्जीकल रेटिना, कर्नीया, ग्लुकोमा लगायतका सेवा सुरु गर्ने जनाएको छ । जिल्लासभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संघकी सचिव शान्ति श्रेष्ठले अहिलेसम्म २५ लाख बढीलाई सेवा प्रदान गरिएको भन्दै भावी कार्यक्रम र योजनाबारे जानकारी दिएकी थिइन् । अस्पतालका प्रबन्ध निर्देशक डा.कौशलकुमार बर्माले अन्धोपन न्यूनीकरणका लागि निवारणात्मक, प्रवद्र्धनात्मक र उपचारात्मक सेवालाई सँगै लगिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्य, रेडक्रस सोसाइटी शाखाका सभापति गोवद्र्धन सिंह सम्झना, दानवीर जयकेश सिंह, कांग्रेस बाँके सचिव सुधान्शु कोइराला, नेकपा माओवादी केन्द्रका प्रतिनिधि पे्रम शाहलगायतले अस्पतालको सेवा, प्रगतिको प्रशंसा गरेका थिए । नेपाल नेत्र ज्योति संघ बाँकेद्वारा ३६ वर्षअघि स्थापित अस्पतालले अन्धोपन निवारणका लागि उपचारलगायत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मितिः सोमवार, फाल्गुन २९, २०७९     9:55:34 AM  |