नेपालगन्ज ।
नेपालगन्जको भारतीय सीमा नाका जमुनाहस्थित इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी खटाइएको छ । विशेष कारणबाहेक सीमा नाकामा प्रहरी निरीक्षकको नेतृत्वमा खटाइएको यो पहिलोपटक हो ।
जमुनाह नाकामा सुरक्षा व्यवस्था कडाइ गरिनुपर्ने माग लामो समयदेखि उठ्दै आएको छ । अहिले यहाँस्थित प्रहरी कार्यालयमा प्रहरी निरीक्षक दामु पुनको नेतृत्वमा प्रहरी खटाइएको छ । यसअघि जमुनाहमा सईको कमाण्डमा प्रहरी खटाइँदै आएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सन्तोषसिंह राठौरले आवश्यकताका आधारमा नाकामा प्रहरी निरीक्षकलाई खटाइएको बताए । प्रहरी निरीक्षकको नेतृत्वमा सुरक्षा व्यवस्था थप चुस्त हुने अपेक्षा गरिएको उनले बताए । ‘हामीले यसअघि पनि राम्रै सुरक्षा दिइरहेका थियौँ । अहिले प्रहरी निरीक्षक नै खटाइँदा थप सुधार त हुन्छ नै,’ उनले भने ।
नेपालगन्जको जमुनाह नाका लागुऔषध, मानव बेचविखन र भन्सार छली बढी हुने नाकाका रुपमा रहेको छ । जिल्ला प्रहरी कार्यालयमा प्रहरी नेतृत्व परिवर्तन भएसँगै जमुनाह नाकामा सुरक्षा व्यवस्थामा पनि थप कडाइ गरिएको छ ।
नाकामा कुकुरसहितको चेकजाँचदेखि शंकास्पदहरुलाई निगरानीमा राखिएको प्रहरीले बताउँदै आएको छ ।








प्रतिक्रिया दिनुहोस्