नेपालगन्ज ।
बुधबार महिला दिवसका दिन जिल्ला प्रहरी कार्यालयअन्तर्गतको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा पाँचवटा महिलाहरुले आफूमाथि हिंसा भएको भन्दै जाहेरी दिएका छन् ।
ती सबै जाहेरीहरु हिजोअस्ती नै भएका घटनाका सन्दर्भमा आएका केन्द्रका इन्चार्ज महेश्वरी विष्टले जानकारी दिइन् ।
उनका अनुसार पाँचवटा जाहेरीमध्ये एउटा उजुरी सामाजिक हिंसासँग सम्बन्धित छ भने अरु घरेलु हिंसासँग सम्बन्धित छन् । विष्टले सबै जाहेरीहरु माथि अनुसन्धान भइरहेको बताइन् । पछिल्लो समय महिलाहरु हिंसा भएको अवस्था सहेर नबसी जाहेरी दिन आउने गरेका छन् । उनी यसलाई महिलाहरुमा आएको परिवर्तनका रुपमा लिन्छिन् ।
बुधबार महिला दिवस बनाउने कार्यक्रममा बोल्दै उनले भनिन्, ‘उजुरीहरु आउने क्रम बढ्नुलाई मैले दुई किसिमले लिएकी छु । एकातिर हेर्दा हिंसा बढेको पनि मान्न सकिएला । तर अर्काे पाटोबाट हे¥यौँ भने महिलाहरु अब हिंसा सहेर बस्दैनन् भन्ने पनि यसले देखाउँछ । यो सकारात्मक कुरा हो ।’








प्रतिक्रिया दिनुहोस्