काठमाडौं ।
उडिरहेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगलागी भएको छ।
काठमाडौंबाट भैरहवाका लागि उडेको जहाजमा आकाशमै इन्जिनमा आगो देखिएपछि जहाजलाई काठमाडौं विमानस्थलमै आकस्मिक अवतरण गराइएको एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए ।
विमानस्थल स्रोतका अनुसार उडानदलका सदस्यले आगो देखेपछि आकस्मिक अवतरण गराइएको हो।
प्रकाशित मिति : २०७९ फागुन २५ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्