बाँके, जिल्ला हुलाक कार्यालयका निर्वाचन अधिकारी गोविन्दप्रसाद पाण्डे र नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका कार्यालय प्रमुख कृष्णबहादुर पुनले जयेन्दु बाल सुधार गृहलाई पुस्तक हस्तान्तरण गरेका छन् । उनीहरुले सामान्य ज्ञान तथा एसईईलगायतका कोर्सका एक सयवटा पुस्तक हस्तान्तरण गरेका हुन् ।

उक्त पुस्तका बाल सुधार गृहका संरक्षक तथा जग्गादाता समाजसेवी जयकेश सिंहको रोहवरमा केन्द्रका इन्चार्ज बिमला काउचालाई हस्तान्तरण गरिएको छ । पाण्डेले जयेन्दु बाल सुधार गृहमा विभिन्न किसिमको बाल बिज्याइका कारण रहेका दुई सयजना बालकको शिक्षामा सुधार गर्न पुस्तकालय व्यवस्थापनका लागि पुस्तक तथा पुस्तकालय सामग्री संकलन गर्ने कामको संयोजन गरिरहेका छन् ।
यसै क्रममा संंकलन गरिएका करिब एक हजार पुस्तक तथा दराजलगायतका पुस्तकालय सामग्री गत असोज ५ गते तत्कालीन महिला बालबालिका तथा समाज कल्याणमन्त्री उमा अधिकारीको रोहवरमा बाल सुधार केन्द्रलाई हस्तान्तरण गरिएको थियो ।
बाल सुधार केन्द्रमा रहेका एसईई परीक्षा दिने विद्यार्थीहरुका लागि सबै विषयका स्वयम्सेवक शिक्षक व्यवस्थापन गरेर अभिमुखीकरण कक्षा सञ्चालनलगायतका अन्य उत्प्रेरणादयी सकारात्मक सोंच विकास कक्षा सञ्चालन गर्ने र पुस्तकालय व्यवस्थापन अभियान निरन्त अगाडि बढाइ रहने उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्