कोठियाघाट नयाँ गन्तव्य



बर्दिया, कणर्ाली नदीको तीर कोठियाघाट शीतल छ । कोठियाघाटमा शनिबार बढी भिड हुन्छ । पछिल्लो समय संघसंस्थाले तालिम वा गोष्ठी गर्ने थलो बनेको छ कोठियाघाट । यो पिकनिक खाने थलो पनि बनेको छ । व्यस्त दैनिकीबाट छुट्कारा पाउन प्रायः कोठियाघाट पुग्छन् । परिवारसहित कोठियाघाट जान मन पराउनेको संख्या अधिक छ ।

कणर्ाली नदीको गेरुवा भँगालोमा एक किलोमिटर लामो पक्की पुल छ । देशकै लामो यो पुलको लम्बाइ एक हजार १५ मिटर छ । हुलाकी पक्की सडक जोडिएको कोठियाघाट पुग्न सहज भइसकेको छ । कोठियाघाट वारिपारि गरी ५० वटा रेस्टुरेन्ट छन् । कोठियाघाटमा पुल बनेसँगै होटेल चल्न थालेका छन् । मीठो खाना पाइने भएकाले पनि मुलुकका कतिपय ठाउँ चर्चित छन् । त्यस्तै एउटा सुन्दर गन्तव्य बनेको छ कोठियाघाट । बाँकेबाट सुदूरपश्चिम यात्रा तय गर्ने सबै कोठियाघाटमा रोकिन्छन् । हुलाकी राजमार्ग पक्की भएसँगै कोठियाघाटमा खाना खाएर टीकापुर पार्क घुम्छन् ।

स्वाद फेर्ने मनहरू माछाको स्वादमा भुल्छन् । लोकल माछाका पारखी त्यहीं पुग्छन् । झिँगा, बाम, परनी मिठा माछामध्येमा पर्छन् । कोठियाघाट पुग्नेको पहिलो रोजाइमा महासेरको माछाको स्वाद पर्छ । महासेर माछाको झोलको स्वाद ओठै टोक्ने खालको हुने चर्चा गरिन्छ । पाँच केजीदेखि ३० केजीसम्म महासेर माछाको तौल हुन्छ । काँडा कम हुने महासेर माछाको स्वाद बेग्लै हुन्छ । महासेर खानका लागि विशिष्ट पाहुना कोठियाघाट पुग्छन् ।

परिवारका सदस्य मिलेर चलाएका होटेलमा पारिवारिक वातावरण पाइन्छ । लोकल माछाको स्वाद पाइने कोठियाघाट रमणीय छ । कोठियाघाटको पुलबाट वन्यजन्तु अवलोकन गर्न सकिन्छ । हात्ती, गैंडा नदीबीचको नर्सरीमा बस्न थालेका छन् । सधैं शीतल हुने र मिठो स्वाद पाइने भएकाले बाँके र कैलालीका मानिस बारबार त्यहाँ पुग्छन् । लोकल कुखुराको झोलसहितको खाना सस्तो पनि छ । कोठियाघाटमा पुल र माछा बेचेर मात्र नपुग्ने देखिन्छ ।

कोठियाघाटमा स्तरीय होटलको आवश्यकता महसुसका साथ राम्रा होटल खुलिसकेका छन् । राजापुर क्षेत्रमा थारु समुदायको बाहुल्य रहेको छ । थारु सस्कृतिका गतिविधिलाई पर्यटनसँग जोड्दा सकारात्मक सन्देश जाने बुझाइ छ ।

राजापुरमा रहेको गणेशबाबा मन्दिर धार्मिक हिसाबले महŒवपूणर् मानिन्छ । कोठियाघाट-पुल समृद्धिको सेतु बनेको छ । थारु संस्कृतिलाई पर्यटन व्यवसायसँगै अघि लैजानुपर्ने हुन्छ । त्यहाँ तीन हजार रूपैयाँको प्याकेजमा होटल बस्न पाइन्छ । प्याकेजमा एक जोडीलाई डिनर, बेड र ब्रेकफास्ट सुविधा हुन्छ । माछा, खाना र लोकल कुखुराको मासु सेटको चार सय रूपैयाँ पर्छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ फागुन २३ गते मंगलबार