बैजनाथमा खानेपानी र सरसफाइ स्वच्छताबारे पैरवी कार्यक्रम



कोहलपुर : बैजनाथ गाउँपालिका स्तरीय स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता र सिकाइ आदानप्रदान एवम् पैरवी सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बैजनाथ गाउँपालिका र लुमन्तिको सहकार्यमा सन २०२० देखि सञ्चालनमा आएको आयोजनाबारेमा बारेमा जानकारी दिने र सरोकारवालाहरुको भूमिकाको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।


अन्तरक्रियामा सहभागीहरुले बैजनाथ गाउँपालिकामा रहेका रहेका समस्या समाधानको लागि विभिन्न समस्या सरोकारवालाहरुलाई सुनाएका थिए । कार्यक्रममा अन्तरक्रियाका साथै लुमन्ति र सहकर्मी समाज,गेरुवा ग्रामीण जागरण संघ, एकीकृत सहरी विकास केन्द्रले अहिलेसम्म गरेका काम,उपलब्धी , चुनौती र सिकाइका विषयमा जानकारी गराइएको थियो । उक्त अवसरमा आवासका लागि सहयोग समूह लुमन्तिका कार्यकारी निर्देशक सूर्य कुमार खड्काले आफ्नो संस्थाले गरेको उपलब्धीहरुको प्रस्तुती गरेका थिए । परियोजना अन्तर्गत लुमन्तिले पाँच वटा उपलब्धी हासिल गरेको उनले बताए ।

खड्का अनुसार खानेपानी, सरसफाई तथा स्वच्छता (वाश), योजना, नीति,नियम, क्षमता अभिवृद्धि, रणनीतिक योजना,निर्देशिका निर्माणमा सहजीकरण तथा वाश योजना तर्जुमा गरी गाउँपालिकालाई हस्तान्त्रण गरिएको छ । बैजनाथका ३ विद्यालयमा हात धुने स्टेशन स्थापपना गरिएको र खानेपानी परिक्षण गरिएको उनले बताए र
खानेपानी तथा सरसफाई योजनाहरु ,खानेपानी सुरक्षा योजना र खानेपानी सुधार योजना तयार गरी हस्तान्त्रण गरिएको खड्काको भनाइ छ । यसैगरी बैजनाथका ९ सय घरधुरीमा खानेपानीका धारा जडान गरिएको छ ।

वडा नम्बर ५ मा पानी परिक्षण ल्याव जडान गरिएको उनको भनाइ गियो । सहकारी समाजका राजाराम गुप्ताले बैजनाथ गाउँपालिकामा खानेपानी, सरसफाई र स्वच्छताका लागि सचेतीकरण, समूह निर्माण, जनचेतनामुलक अभियान सञ्चालन गरिएको बताए । उनका अनुसार १०५ घरधुरीलाई फिल्टर,७७ वटा दुई खाल्डे चर्पी र १ एउटा सेफ्टीट्यांकी वितरण गरिएको छ ।

यस्तै १७२ महिला तथा किशोरीहरुलाई सुरक्षित प्याड प्रयोग बारे जानकारी गराइएको थियो । यस्तै गुरुवा ग्रामीण जागरण संघका मनिष श्रेष्ठले फोहोर व्यवस्थापन सम्बन्धि पैरवी, जनचेतना तथा स्वास्थ्य सुरक्षालाई प्राथमिकताका साथ अघि बढेको बताएका थिए ।

विद्यालयमा खानेपानी तथा सरसफाईलाई ध्यान दिइएको उनले बताए । यस्तै एकीकृत सहरी विकास केन्द्रका तर्फबाट प्रस्तुती दिँदै शिव श्रेष्ठले बैजनाथमा विद्यालय वास निर्देशिका निर्माण गरिएको छ । उनले सात वटा विद्यालयमा काम गरिरहेको बताए । खानेपानी आपूर्ति प्रणाली लागू भएको समेत जानकारी दिएका थिए ।

बैजनाथ गाउँपालिका स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता र सिकाइ आदानप्रदान एवम् पैरवी सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बैजनाथ गाउँपालिकाका जनप्रतिनिधि, विद्यालयका शिक्षक तथा संस्थाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७९ फागुन १९ गते शुक्रबार