नेपालगन्ज,नेपालगन्जमा जारी ‘टिभिएस ग्रण्ड एक्सचेञ्ज मेला’ मा टिभिएसका बाइक तथा स्कुटीहरुको उत्साहजनक कारोबार भएको छ । जगदम्बा मोटर्सको नेपालगन्जका लागि आधिकारिक बिक्रेता ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रालिले सञ्चालन गरिरहेको मेलामा तीन दिनमा करिब ३० वटा बाइक तथा स्कुटी बिक्री भएको ग्रेसका सञ्चालक रणबहादुर शाहीले जानकारी दिए ।
नेपालगन्जको रामलिला मैदानमा जारी मेलामा बुधबारसम्म ३० वटा बाइक तथा स्कुटीहरु बिक्री भएका उनले बताए । मेलामा पूरा रकम तिरेर बाइक तथा स्कुटीहरु लिने ग्राहकलाई आठ हजार क्यास छुट, पुरानो गाडीको बजार मूल्यांकनभन्दा सात हजार थप मूल्यांकन, २५ प्रतिशत डाउन पेमेन्टमा तीन हजार नौ सय ९९ रुपैयाँ मासिक इएमआई र हेलमेट, बाइक कभर तथा ब्याग उपहारको अफर राखिएको छ । सञ्चालक शाहीले मेलामा राखिएको टिभिएसको भर्खरै बजारमा आएको मोडल टिभिएस रेडर र स्कुटीमा एनटर्क रेस एक्सपी ग्राहकहरुको रोजाइमा परिरहेको बताए ।
टिभिएसको एनटर्क रेसमा भोइस कमाण्ड र मोड सिस्टमलगायतका एडभान्स फिचरहरु रहेकोले पनि धेरैको ध्यानाकर्षण गरेको पाइएको छ । यसका टिभिएसको एनटर्क १२५ सिसी पनि ग्राहकहरुको रोजाइमा रहेको उनको भनाइ छ । मेलामा टिभिएसका विभिन्न नौ प्रकारका मोडेलका बाइक र पाँच प्रकारका स्कुटीहरु राखिएका छन् । १४ गतेबाट सुरु भएको मेला फागुन १९ गतेसम्म चल्नेछ । मेलामा विभिन्न सांगीतिक प्रस्तुतिहरु पनि भइरहेको छ ।
प्रकाशित मिति : २०७९ फागुन १८ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्