बाँके,कर्मचारी मिलन केन्द्र बाँकेको वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त केन्द्रका कार्यबहाक जिल्ला अध्यक्ष गोविन्दप्रसाद पाण्डेको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
बैजनाथस्थित गाभरमा भएको वार्षिक साधारणसभामा उच्च अदालत तुल्सीपुर इजलास नेपालगन्जका न्यायाधीश केशवराज जोशीको प्रमुख आथित्यता थियो । लोकसेवा, शिक्षकसेवा, सुरक्षासेवा, संस्थानसेवामा बाँकेका विद्यार्थीहरुको पहुँच वृद्धि गर्न पालिकाहरुसँग सहकार्य गरेर निःशुल्क अभिमुखिकरण प्रशिक्षण सञ्चालन गर्ने, बैंक तथा वित्तीय संस्थामा समेत सदस्यताको दायरा विस्तार गर्ने, बाँके प्रवेश गर्ने पाँच स्थान र नेपालगन्ज विमानस्थलमा स्वागत बोर्ड राख्ने उक्त साधारणसभाले निर्णय गरेको छ ।
बाँकेका सामुदायिक विद्यालयबाट एसईई परीक्षामा सर्वोउत्कृष्ट स्थान हासिल गर्ने एकजना छात्र र एकजना छात्रालाई पाँच हजारका दरले पुरस्कारका साथै सम्मान गर्ने, वर्षमा एकपटक जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्ने, लागुऔषध, धुम्रपान, घरेलुहिंसा, मानव बेचविखनविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको कार्यवहाक अध्यक्ष पाण्डेले बताए ।
उनका अनुसार आर्थिक वर्ष २०७८÷०७९ को आय व्यय विवरण, निर्णय तथा आर्थिक वर्ष २०७९÷०८० को संसोधित बजेटसमेतलाई अनुमोदन गरिएको छ ।
र उक्त अदालतका न्यायाधीस भानुभक्त शर्मा न्यौपाने, वामदेव ज्ञवाली, बाँके जिल्ला अदालतका न्यायाधीश धनसिंह महरा, उच्च अदालतका रजिष्टार सूर्यवंश शर्मा कँडेल, प्रमुख जिल्ला अधिकारी विपीन आचार्यलगायतको उपस्थिति थियो ।
बाल सुधार गृह बाँकेको भवन निर्माणका लागि चार विगाहा दुई कट्ठा जग्गा तथा मानव सेवा आश्रम बाँकेको भवन निर्माणका लागि दश कट्ठा जग्गा निःशुल्करुपमा दान गर्ने नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ बाँकेगाउँका जयकेश सिंहलाई सम्मान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्