कोहलपुर ः कोहलपुरमा जारी लुम्बिनी प्रादेशिक महोत्सवको नवौ दिन दर्शकको जनसागर ओर्लिएको छ । फागुन ५ गतेबाट सुरु भएको महोत्सवमा अभूतपूर्व रुपमा दर्शको उपस्थिति भएको हो । आयोजक कोहलपुर उद्योग वाणिज्य संघका अनुसार महोसत्सवमा अहिलेसम्म कै धेरै दर्शकको उपस्थिति अहिलेसम्म कै धेरै हो । दर्शकको उपस्थिति धेरै भएपछि टिकट काट्न नै बन्द गरिएको थियो ।
महोत्सवको नवौ दिन चर्चित गायिका एलिना चौहानले धमकेदार प्रस्तुती दिएकी थिइन् । पछिल्लो समय धोकेवाज हौ तिमी भन्ने गीतका कारण निकै चर्चाको शिखरमा रहेकी चौहानको प्रस्तुती सुन्न दर्शकहरु विहानैदेखि उपस्थित भएका थिए ।
दर्शकको अध्यधिक मागका कारण एलिनाले सबैभन्दा पहिला आफ्नो प्रस्तुती दिएकी थिइन् । उनले करिब २ घण्टा प्रस्तुती दिइन् । उक्त अवसरमा उनले धोकेवाज हौ तिमी र मिनरल वाटर लगायतका आधा दर्जन बढी चर्चित गीत प्रस्तुत गरिन् ।
उनका हरेक गीता टुक्कामा दर्शकले साथ दिएका थिए । यस्तै उनको गीतमा नाच्ने दर्शकहरुको समेत भी निकै बाक्लो उपस्थिति रहेको थियो । कोहलपुरमा गायिका चौहानको पहिलोपटक प्रस्तुती हो । उनी पछिल्लो समय नेपालका हरेक महोत्सवमा पहिलो रोजाइको गायिका बन्न सफल भएकी छन् ।
नवौँ दिन उनी मात्र होइन नेपाली सुगम संगीत क्षेत्रका दुई हस्ती स्वरुपराज आचार्य र सत्यराज आचार्यले पनि आफ्नो प्रस्तुती दिएका थिए । स्वरुपले आफ्ना चर्चित गीतहरु बल गरेर त्यो मन यता, डाँडाघरे साइली र निरमाया ठुली लगायतका गीत सुनाएका थिए । भने सत्यराजले पनि आफ्ना गजल तथा सुगम संगीत सुनाएका थिए । साथमा आरुसी मगरको वेजोड नृत्यसमेत प्रस्तुत गरिएको थियो । शनिबार अनुमानित ३० हजार भन्दा बढी दर्शकले महोत्सव अलोवकन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्