नेपालगन्जमा टिभिएसको ‘ग्राण्ड एक्सचेञ्ज’



बाँके । नेपालगन्जमा टिभिएस ग्राण्ड एक्सचेञ्ज मेला आयोजना हुने भएको छ । टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक जगदम्बा मोटर्स र नेपालगन्जका लागि आधिकारिक बिक्रेता ग्रेस एण्ड ग्लोवलको संयुक्त आयोजनामा मेला भएको हो ।

मेला फागुन १४ गतेदेखि १९ गतेसम्म हुन गइरहेको ग्राण्ड एक्सचेञ्ज मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको जगदम्बा मोटर्सले जनाएको छ । टिभिएस ग्राण्ड एक्सचेञ्ज नेपालगन्जस्थित रामलिला मैदानमा हुनेछ ।


‘नेपालगन्ज क्षेत्रको आवश्यकतालाई मध्यनजर गरेर टिभिएस ग्रान्ड मेला आयोजना गर्न लागिएको हो’ ग्रेस एण्ड ग्लोबलका संचालक महादेव सिंहले भने, ‘मेलामा प्रत्येक टिभिएस खरिद कर्ताले विभिन्न अफरहरु पाउँनेछन् ।’
जुनसुकै कम्पनीका पुराना बाइक तथा स्कुटरको मुल्यांकन भन्दा ७ हजार थप रकम दिइनेछ । यस्तै, नयाँ बाइक तथा स्कुटर खरिद गर्दा न्यूनतम् २५ प्रतिशत डाउनपेमेन्ट गर्न सकिने ग्रेस एण्ड ग्लोबलले जनाएको छ ।
ग्राण्ड एक्सचेञ्जमा जुनसुकै कम्पनीका बाइक तथा स्कुटर साट्न सकिने कम्पनिका भेरी क्षेत्रका रिजनल अफिसर प्रकाश श्रेष्ठले बताए । ‘प्रत्येक खरिदकर्तालाई विभिन्न सहुलियत दिइनेछ । हेलमेट, लेगगार्ड, बडि कभर तथा रेनकोट लगायतका अन्य सामानहरु समेत निःशुल्क
दिइन्छ’ उनले मिसन टुडेसँग भने ।

प्रकाशित मिति : २०७९ फागुन १३ गते शनिबार