26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

लुम्बिनी वाङ्मय प्रतिष्ठान बाँके पुनर्गठन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन १२, २०७९  

कोहलपुर,  लुम्बिनी वाङ्मय प्रतिष्ठान बाँकेलाई पुनर्गठन गरिएको छ । यसअघि क्रियाशील रहेको तदर्थ समितिलाई विघटन गरी नयाँ कार्यसमिति गठन गरिएको हो ।
नेपालगन्जमा भेला भएका बाँकेका अग्रज साहित्यकार तथा लेखकहरुको भेलाले प्रकाश गिरी निश्चलको अध्यक्षतामा नौ सदस्यीय जिल्ला समिति पुनर्गठन गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य महानन्द ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलाले प्रतिष्ठानको उपाध्यक्षमा फनिन्द्र आचार्य, सचिवमा गीता अर्याल र सहसचिव महेन्द्र रोक्का तथा कोषाध्यक्ष करिश्मा योगीलाई चयन गरेको छ । प्रतिष्ठानको सदस्यहरुमा चन्द्रावती अधिकारी, इन्दिरा गौतम, प्रियंका वैश्य र डम्बर बिकलाई सदस्यमा चयन गरिएको अध्यक्ष निश्चलले बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य ढकालले बाँकेको साहित्य क्षेत्रलाई अझै सशक्त बनाउन प्रतिष्ठानले काम गर्ने बताए । उनका अनुसार बाँके जिल्लालाई साहित्यको उर्वर क्षेत्र बनाउन प्रतिष्ठानले भूमिका खेल्नेछ । प्राज्ञ हरिप्रसाद तिमिल्सिनाले पनि बाँके जिल्लाको वाङ्मय साहित्यमा प्रतिष्ठान कोशेढुंगा सावित हुने बताए । प्रतिष्ठान बाँकेका कार्यवाहक अध्यक्ष मीना बरालको अध्यक्षतामा भेला सम्पन्न भएको थियो ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन १२, २०७९     8:42:52 AM  |