कोहलपुर : कोहलपुरमा जारी लुम्बिनी प्रादेशिक महोत्सवमा नेपाल आइडलबाट उदाएकी अस्मिता अधिकारीसहित हास्यव्यंग्य कलाकारहरुले प्रस्तुती दिएका छन् । महोत्सवको सातो दिन चर्चित गायिका अधिकारीले कोहलपुर महोत्सवमा आएका दर्शक आकर्षण गरेकी थिइन् ।
अधिकारीले को होला त्यो, तिम्रो घरको वरीपरी, लजावती फूलजस्तै लजाउँछौँ लगायतका गीत सुनाएकी थिइन् । यस्तै कोहलपुर महोत्सवमा सातौ दिन सुरेन्द्र के.सी. (मुला साग),जोगिन्दरपान वाला र गायक डिजराज पौडलले आफ्नो प्रस्तुती दिएका दिए । महोत्सवको सातौ दिन ६ हजार टिकट बिक्रि भएको थियो भने कूल ४० लाख कारोबार भएको कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले बताए ।
चक्र बमसहित अञ्जली अधिकारी आउँदै
महोत्सवको आठौ दिन ५ जना चर्चित कलाकार तथा नृत्यंगानाहरुको प्रस्तुती रहने आयोजक उद्योग वाणिज्य संघले जनाएको छ ।
फागुन १२ गते कोहलपुर महोत्सवमा चक्र बम, अञ्जली अधिकारी, गायिका रिता के.सी.,रेश्मा पुन र गायक एम.टी.महरको विशेष प्रस्तुती रहनेछ । भने उद्घोषण गायिका तथा सञ्चारकर्मी शोभा त्रिपाठीले गर्नेछिन् । महोत्सव आगामी फागुन १३ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्