कोहलपुर प्रादेशिक महोत्सवमा कूल २ करोड ५० लाख कारोबार



कोहलपुर  : कोहलपुरमा शुक्रबारबाट सुरु भएको लुम्बिनी प्रादेशिक महोत्सव कोहलपुर–२०७९ मा अहिलेसम्म २ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ । महोत्सव सञ्चालन भएको पाँचौ दिनसम्म कूल २ करोड ५० लाख रुपैयाँ भएको हो । आयोजक कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलका अनुसार महोत्सवको पाँचौ दिन १ करोड ३० लाख कारोबार भएको छ । उनले पाँचौ दिन कूल १८ हजार टिकट बिक्रि भएको छ । अन्य सहित २० हजार जनाले महोत्सव अवलोकन गरेका छन् ।


यता, फागुन ५ गतेबाट सुरु भएको महोत्सवमा मंगलबार हालसम्म १ करोड २० लाख कारोबार भएको थियो । अहिलेसम्म कूल ४४ हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् ।
महोत्सवमा ५ करोडको आर्थिक करोबार हुने अनुमान गरिएको छ । यस्तै ३ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको आयोजक कोहलपुर उद्योग वाणिज्य संघले जनाएको छ । चौथोदिन दिन ८ हजार दर्शकले महोत्सव अवलोकन गरेका थिए ।

महोत्सवको दोस्रो दिन ५ हजारले अवलोकन गरेका थिए । ३० लाख कारोबार भएको थियो । तेस्रो दिन ९ हजारले गरे अवलोकन गरेका थिए भने ५५ लाख कारोबार भएको थियो । महोत्सव मूल आयोजक समितिका अध्यक्ष पौडेलका अनुसार चौथो दिन महोत्सवमा कूल ३५ लाख कारोबार भएको थियो ।


‘महोत्सव उत्साहजक रुपमा भइरहेको छ । दर्शकहरुको संख्यापनि बढिरहेको छ । अन्य निर्माणका कामपनि सकिएका छन् ।अपेक्षाकृत रुपमा महोत्सव सञ्चालन भइरहेको छ ।’ उनले भने । उनले केही अपुग रहेका संरचनासमेत निर्माण सम्पन्न भएकोले चौथो दिनबाट अझै बढि दर्शकको उपस्थिति रहने र कारोबारसमेत बढ्ने अपेक्षा रहेको बताए । कोहलपुर उद्योग वाणिज्य संघको बहुआयमिक भवन निर्माणार्थ कोहलपुरमा पहिलोपटक लुम्बिनी प्रदेश स्तरीय महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवमा चौथो दिनबाट विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगितासमेत सुरु भएको छ । प्रतियोगितामा २० विद्यालय सहभागी छन् । प्रतियोगिताको पहिलो दिन चार विद्यालयले प्रस्तुती दिएका थिए । महोत्सवमा २ सय ५० स्टल राखिएका छन् । महोत्सव आगामी फागुन १३ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २०७९ फागुन ९ गते मंगलबार