शिवु खनाल । दाङ ।
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई बुटवलले प्रसिद्ध बगार बाबा धार्मिक पर्यटन विकसा क्षेत्र रिहारमा रहेको ऐतिहासिक बगार बाबा तालको संरक्षण र सौन्दर्यीकरण गर्न सुरु गरेको छ । स्थानीयवासी र समितिले पनि ताल संरक्षणको विषयमा सहयोग गर्दै आएका छन् ।
लामो समयदेखि अतिक्रमणमा परेर अस्तित्व नै संकटमा परेको यो ताललाई पुनर्जीवन दिने गरी संरक्षण र सौन्दर्यीकरण गर्न थालिएको हो । लमही नगरपालिका वडा नम्बर ९ रिहारस्थित रहेको बगार बाबा तालको समितिले संरक्षण गर्दै आए पनि लामो समयदेखि उक्त ताल ओझेलमा रहेको थियो ।
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई बुटवलले उक्त ताल संरक्षण र सौन्दर्यीकरण गरी पुनर्जीवन दिने भन्दै काम थालेको राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई बुटवल कार्यालय प्रमुख राजन रेग्मीले बताए ।
उनका अनुसार ताल र सिमसार क्षेत्र संरक्षणका लागि राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई बुटवल कार्यालयमार्फत ४७ लाख बजेट विनियोजित गरी काम गरिसकेको बताए ।
पहिलो चरणमा तालको पानी रोक्न चारैतिर बाँध निर्माण गरी चक्रपथ निर्माण गर्ने, पानी रोक्न एक ठाउँमा पुल र फाटक तथा एक कुनामा कल्भर्ट बनाएर तालमा पानी जम्मा हुने गरी संरचना निर्माण गरिएको छ । ताल संरक्षण गर्दै पर्यापर्यटनको विकास गरी स्थानीयवासीको आयआर्जनमा समेत टेवा पु¥याउने गरी काम सुरु गरिएको उनको भनाइ छ । तालको संरक्षणका लागि लमही नगरपालिकाले पनि पहल गरिरहेको छ ।
तालको बृहत्तर विकासका लागि गुरुयोजना निर्माणको काम अन्तिम चरणमा रहेको पनि बगार बाबाधार्मिक पर्यटन विकास क्षेत्र समितिका अध्यक्ष रवीन्द्र खत्रीले बताए । उनले बगार बाबाताल र सिमसार क्षेत्रको संरक्षण आवश्यक देखिएकाले गुरुयोजना बनाएर काम सुरु गरिएको बताए । तालको संरक्षण र सौन्दर्यीकरण गरिएपछि आसपासमा घरबास सञ्चालन गर्ने, पार्क निर्माण तथा डुंगा शयर गर्दै पर्यापर्यटनको विकास हुने गरी काम गर्ने योजनाका साथ समितिले पहल गरिरहेको अध्यक्ष खत्रीले जनाए ।
प्रतिक्रिया दिनुहोस्