बाँके ।
बाँके निर्वाचन क्षेत्र नम्बर २(१) बाट निर्वाचित भण्डारीलाल अहिर लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री मा नियुक्त भएका छन् । मन्त्री नियुक्तिसँगै अहिरले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
मुख्यमन्त्री लीला गिरीले आइतबार मन्त्री नियुक्त गरेका थिए । अहिरलाई प्रदेश प्रमुख अमिक शेरचनले सोमबार प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गराए ।
यसअघि गएको माघ २८ गते कृषि तथा भूमि व्यवस्थामन्त्री नियुक्त भएका एमालेका तुलसीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिँदै अहिरलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्री अहिर जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित भएका थिए ।
समृद्ध प्रदेशका लागि आफूले लगनशील र इमान्दार भएका काम गर्ने नवनियुक्त मन्त्री अहिरले बताए ।
प्रकाशित मिति : २०७९ फागुन ९ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्