21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

खजुराका शिक्षा शाखा प्रमुखमाथि हातपात

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन ९, २०७९  

नेपालगन्ज ।

बाँकेको खजुरा गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लमाथि हातपात भएको छ ।

गाउँपालिकाको वडा नम्बर ७ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गोदानको विद्यालय व्यवस्थापन समितिको गठनका लागि सदस्य चयन गर्ने क्रममा सदस्य रामकुमार यादव र स्थानीय असलम भाटले भिड बोलाएर मल्लमाथि हातपात गरेका भन्दै कर्मचारीहरुले सोमबार गाउँपालिकाका शाखा र वडाहरुबाट कामकाज ठप्प पारेका थिए ।

विद्यालय व्यवस्थापन समितिको निर्वाचनपश्चात सदस्य चयनमा विवाद भएको र न्यायिक समितिमा उजुरी परी शिक्षा शाखा प्रमुखले विवाद समाधानको प्रयास गरिरहेका बेला यादवले जबरजस्ती माइन्यूट केरमेट गरेको र भाटले बाहिरबाट भिड बोलाएर मल्लमाथि हातपात गराएको कर्मचारीहरुले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

भाटले आफ्नो फेसबुक पेजबाट लाइभ गरेको भिडियोमा पनि उनले हातपात गर्नका लागि उक्साइरहेको र स्थानीय केही व्यक्तिहरुले मल्ललाई धकेलीरहेको देख्न सकिन्छ ।

मल्ले आफूमाथि हातपात गर्नेलाई कारबाही माग गर्दै जिल्ला प्रशासन एवम् गाउँपालिका प्रशासनलाई जानकारी गराइसकेको र इलाका प्रहरी कार्यालयमा अभद्र व्यवहारको मुद्दा दर्ता गराएको जानकारी दिएका छन् ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन ९, २०७९     10:32:53 AM  |