30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

बाँकेका आठजनाले पाए कैद मिनाहा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन ९, २०७९  

नेपालगन्ज ।

सरकारले प्रजातन्त्र दिवसका अवसरमा बाँकेका आठजनाले कैद मिनाहा छुट पाएका छन् ।

कैद छुट पाएर रिहा हुनेहरुमध्ये बहुविवाहको मुद्दामा जेल सजाय भोगिरहेका दुईजना, सवारी ज्यानका कैदी तीनजना एवम् कर्तव्य ज्यान, चोरी र हातहतियार खरखजनाका एक/एकजना रहेका जिल्ला कारागार बाँकेका जेलर अर्जुनजंग शाहले जानकारी दिए ।

प्रजातन्त्र दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरिका तीन सय ९५ जनाको सजाय मिनाहा गर्र्ने क्रममा बाँकेका आठजना परेका हुन् । हाल जिल्ला कारागार बाँकेमा आठ सय ४० जना बढी कैदीहरु रहेका छन् ।

राष्ट्रपति भण्डारीले १४ जनालाई नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ अनुसार र ३८१ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६, फौजदारी कसुर ऐन, २७४ को दफा ३७ तथा ज्येष्ट नागरिक ऐन, २६३ को दफा १२ बमोजिम माफी दिएकी हुन् ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन ९, २०७९     10:30:36 AM  |