कोहलपुरमा जारी महोत्सवमा मानवेचविखनविरुद्ध सचेतना



कोहलपुर: कोहलपुरमा जारी लुम्बिनी प्रादेशिक महोत्सव–२०७९ मा मानव बेचविखन तथा ओसारपोसारविरुद्ध सचेनता फैलाउन डेस्क स्थापना गरिएको छ । फागुन ५ गतेबाट सुरु भएको महोत्सवमा मानव बेचविखन तथा ओसारपोसारविरुद्ध सचेतना प्रदान गरिदैँ आएको हो । मानव बेचविखन विरुद्धको अभियान ,रोकथाम र समाधानका विषयमा सहभागी दर्शकहरुलाई सचेतना फैलाउन काम भइरहेको कोहलपुर नगर स्तरीय युवा क्लब सञ्जालका अध्यक्ष रमेश वरले बताए ।

उनका अनुसार महोत्सवमा आयोजकसँगको सहकार्यमा जनचेतनामुलक स्टल राखेर सचेतना प्रदान गर्ने काम भइरहेको छ । मेलामा आउने दर्शकहरुलाई मानव बेचबिखन विरुद्ध जानकारी दिन्छौँ । यस्तै लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना प्रदान गरिरहेका छौँ । विभिन्न सामाजिक कुरिति कुप्रथाविरुद्ध अभिमुखीकरण हुने गरेको छ । अध्यक्ष वरले भने ।

हरेक दिन मेला हेर्न आउने मानिसहरुलाई भेटेरै सम्झाई बुझाई गर्ने गरेको बताए । सचेतनाका लागि सञ्जालका पदाधिकारीहरु सहभागी रहेको उनले बताए । स्टलमा कोहलपुर नगर युवा क्लब सञ्जालले गरेका गतिविधि झल्कने पोस्टरसमेत टाँसिएको छ । सचेतनामा कोहलपुर नगरपालिकालेसमेत साझेदारी गरेको छ । यस्तै बालबालिका तथा युवाको क्षेत्रमा काम गर्ने प्लान इन्टरनेशलन, बाँके युनेस्को क्लबm लगायतले सहयोग गरेका छन् । स्टलमा विभिन्न जनचेतनामुलक पुस्तकसमेत निःशुल्क वितरण हुने गरेको छ ।

प्रकाशित मिति : २०७९ फागुन ८ गते सोमबार