16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

कोहलपुर प्रादेशिक महोत्सव : ९ हजारले गरे अवलोकन,,५५ लाख कारोबार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन ७, २०७९  

कोहलपुर : कोहलपुरमा शुक्रबारबाट सुरु भएको लुम्बिनी प्रादेशिक महोत्सव कोहलपुर–२०७९ तेस्रो दिन ९ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् । ‘कृषि,पर्यटन,शिक्षा र उद्योगको आवश्यकता व्यवसायिक प्रवद्र्धनसँगै सामाजिक एकता’ भन्ने मूल नारासहित शुक्रबारदेखि सुरु भएको महोत्सवको तेस्रो दिन कूल ९ हजारले अवलोकन गरेको आर्थिक उपसमितिकी संयोजक सिता कार्कीले बताइन् । उनका अनुसार तेस्रो दिन कूल ८ हजार टिकट बिक्रि भएको छ । दोस्रो दिन भने पाँच हजार टिकट बिक्रि भएको थियो । तेस्रो दिन ३ हजार दर्शक बढेका छन् । यस्तो तेस्रो दिन महोत्सवको कारोबारसमेत समेत बढेको छ ।


महोत्सव मूल आयोजक समितिका अध्यक्ष लक्ष्मणराज पौडेलकाका अनुसार तेस्रो दिन महोत्सवमा कूल ५५ लाख कारोबार भएको छ । दोस्रो दिन ३० लाख कारोबार भएको थियो । उनले दोस्रो दिनको तुलनामा तेस्रो दिन उत्साहजनक कारोबार भएको बताए ।

दोस्रो दिनको भन्दा तेस्रो २५ लाख कारोबार बढेको छ । ‘महोत्सव उत्साहजक रुपमा भइरहेको छ । दर्शकहरुको संख्यापनि बढिरहेको छ । अन्य निर्माणका कामपनि सकिएका छन् । अपेक्षाकृत रुपमा महोत्सव सञ्चालन भइरहेको छ ।’ उनले भने । उनले केही अपुग रहेका संरचनासमेत निर्माण सम्पन्न भएकोले चौथो दिनबाट अझै बढि दर्शकको उपस्थिति रहने र कारोबारसमेत बढ्ने अपेक्षा रहेको बताए । कोहलपुर उद्योग वाणिज्य संघको बहुआयमिक भवन निर्माणार्थ कोहलपुरमा पहिलोपटक लुम्बिनी प्रदेश स्तरीय महोत्वस सञ्चालन भइरहेको छ ।


तेस्रो दिन राष्टिय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहयो । नायक तथा गायक यसकुमार र युवा पुस्ताका चर्चित गायक प्रकाश दुतराज र राधिका हमालले बेजोड प्रस्तुती दिए । बाँटोमुनीको फूल र आँधी बाटो फिल्मका मुख्य नायकसमेत रहेका यसकुमारसँगै दर्शक झुमेका थिए । भने उनले आफ्ना चर्चित गीतहरु समेत सुनाएका हुन् ।


को मैले छोएको पानी चल्दैन लगायतका गीत निकै चर्चित छन् । यस्तै पछिल्लो समय युवा पुस्तामा निर्कै चर्चामा रहेका गायक प्रकाश दुतराजले घर कता हो बहिनीको, जाम भो माइली र चोली मैलै भो लगायतका गीतको प्रस्तुती दिएका थिए । महोत्सवमा ५ करोडको आर्थिक करोबार हुने अनुमान गरिएको छ । यस्तै ३ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको आयोजक कोहलपुर उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवमा २ सय ५० स्टल राखिएका छन् । महोत्सव आगामी फागुन १३ गतेसम्म सञ्चालन हुनेछ ।

ज्योति मगर र पशुपति शर्मा आउँदै
फागुन पाँच गतेदेखि कोहलपुरमा लुम्बिनी प्रादेशिक महोत्सव २०७९ चलिरहेको छ ।महोत्सको चौथो दिन गयिका ज्योति मगर ,गायक पशुपति शर्मा, सुबोध गौतम (अदुमे), डान्सर रुबिना अधिकारीको प्रस्तुती रहने सांस्कृतिक उपसमितिका संयोजक प्रदीप भट्राईले बताए ।

महोत्सवमा अहिलेसम्म हालसम्म ८५ लाख कारोबार भएको छ । भने १५ हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । अहिलेसम्म शान्तिश्री परियार, मिलन नेवार, चन्द्र शर्मा, प्रकार दुतराज,राधिका हमाल र यसकुमार लगायतका गायकले प्रस्तुती दिइसकेका छन् ।

प्रकाशित मितिः आइतवार, फाल्गुन ७, २०७९     9:14:21 PM  |