16 April 2024  |   मङ्लबार, बैशाख ४, २०८१

कोहलपुर प्रादेशिक महोत्सव : ५ हजारले गरे अवलोकन,,३० लाख कारोबार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन ६, २०७९  

कोहलपुर, :
कोहलपुरमा शुक्रबारबाट सुरु भएको लुम्बिनी प्रादेशिक महोत्सव कोहलपुर–२०७९ दोस्रो दिन पाँच हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् । ‘कृषि,पर्यटन,शिक्षा र उद्योगको आवश्यकता व्यवसायिक प्रवद्र्धनसँगै सामाजिक एकता’ भन्ने मूल नारासहित शुक्रबारदेखि सुरु भएको महोत्सवको दोस्रो दिन करिब पाँच हजारले अवलोकन गरेको आर्थिक उपसमितिकी संयोजक सिता कार्कीले बताइन् । उनका अनुसार महोत्सवको दोस्रो दिन अनुमानित ३० लाख रुपैयाँको कारोबार भएको छ ।


कोहलपुर उद्योग वाणिज्य संघको बहुआयमिक भवन निर्माणार्थ कोहलपुरमा पहिलोपटक लुम्बिनी प्रदेश स्तरीय महोत्वस सञ्चालन गरेको छ । महोत्सव मूल आयोजक समितिका अध्यक्ष लक्ष्मणराज पौडेलका अनुसार दोस्रो दिन दर्शकहरुको सन्तोषजनक उपस्थिति रहेको थियो । शिवरात्री परेका कारण पनि आयोजकले अपेक्षा गरेको भन्दा कम दर्शक आएको उनले बताए ।

यस्तै महोत्सवको दोस्रोदिन स्थानीय तथा राष्टिय कलाकारहरुको बेजोड प्रस्तुती रहयो । स्थानीय कर्णाली दोहोरी घरको लाइभ दोहोरीका साथै राष्ट्रि कलाकारहरुलेसमेत प्रस्तुती दिएका थिए । दोस्रो चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियार, लोकदोहोरी गायक चन्द्र शर्मा र चर्चित गायिक मिलन नेवारको बेजोड प्रस्तुती रहयो ।

कोहलपुर उद्योग वाणिज्य संघ महोसत्व आयोजक समिति अन्र्तगत सास्ंकृतिक उपसमितिका संयोजक प्रदीप भट्राईका अनुसार तीनै जना राष्ट्रिय कलाकारहरुले बेजोड प्रस्तुति दिएका थिए ।

गायिका परियारले गलबन्दी, लाउन्न दाजै पिरती, बोलमाया लगायतका गीत प्रस्तुत गरेकी थिइन् । साथै मिलन नेवारले फुलबुट्टे सारी, आँखा झिमीझिमी र गाला रातै जस्ता गीत दर्शकलाई प्रस्तुत गरेकी थिइन् । महोत्सवको तेस्रो दिनपनि चर्चित कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
प्रकाशदेखि पूर्णकलासम्मको प्रस्तुती
महोत्सवको तेस्रो दिन पनि विभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहनेछ । तेस्रो दिन फाुगन सात गते नायक तथा गायक यसकुमारको प्रस्तुती रहनेछ । बाँटोमुनीको फूल र आँधी बाटो फिल्मका मुख्य नायकसमेत रहेका यसकुमारको मैले छोएको पानी चल्दैन लगायतका गीत निकै चर्चित छन् ।

यस्तै पछिल्लो समय युवा पुस्तामा निर्कै चर्चामा रहेका गायक हुन्, प्रकाश दुतराज, उनका घर कता हो बहिनीको, जाम भो माइली र चोली मैलै भो लगायतका गीत दर्शक माझ लोकप्रिय छन् । यस्तै पुराना पुस्ताका चर्चित गायिकाहरु राधिका हमाल र पूर्णकला बिसीले पनि विशेष प्रस्तुती दिनेछन् । यस्तै स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने आयोजकले जनाएको छ ।
महोत्सवमा ५ करोडको आर्थिक करोबार हुने अनुमान गरिएको छ । यस्तै ३ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको आयोजक कोहलपुर उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवमा २ सय ५० स्टल राखिएका छन् । महोत्सव आगामी फागुन १३ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मितिः शनिबार, फाल्गुन ६, २०७९     8:19:03 PM  |