मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन ६, २०७९
बाँके, लेखक तथा लोक साहित्य अनुसन्धानदाता गोविन्दप्रसाद पाण्डेलाई हर्ष–पार्वती लोक संस्कृति पुरस्कार–२०७९ प्रदान गरिने भएको छ । जुम्ला घर भइ हाल नेपालगन्ज बस्दै आएका पाण्डेलाई कैलाली जन पुस्तकालय धनगढीले उक्त सम्मान प्रदान गर्न लागेको हो ।
उक्त पुस्तकालयको वार्षिक उत्सव पारेर फागुन २० गते उनलाई उक्त पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । लेखक पाण्डे विगत दुई दशकदेखि काली कर्णाली क्षेत्रको लोक साहित्य तथा संस्कृतिको अध्ययन अनुसन्धान तथा प्रकाशन क्षेत्रमा सक्रिय छन् । उनले २०६० मा काली कर्णालीका जाजरकोटदेखि दार्चुलासम्मका जिल्लामा स्थलगत भ्रमण गरी खस र डोटेली भाषाका देउडा गीत, भाका, देउडा गायक र देउडाको क्षेत्रमा संलग्न व्यक्ति तथा संस्थाको गहन अध्ययन अनुसन्धान गरेर देउडा विगतदेखि वर्तमानसम्म नामक पुस्तकसमेत प्रकाशन गरेका छन् ।