कोहलपुरमा प्रादेशिक महोत्सव : दोस्रो दिन ख्याती प्राप्त कलाकारको वेजोड प्रस्तुती रहने



कोहलपुर, कोहलपुरमा लुम्बिनी प्रादेशिक महोत्सव कोहलपुर–२०७९ सुरु भएको छ । ‘कृषि, पर्यटन, शिक्षा र उद्योगको आवश्यकता व्यावसायिक प्रवद्र्धनसँगै सामाजिक एकता’ भन्ने मूल नारासहित शुक्रबारदेखि उक्त महोत्सव सुरु भएको हो ।
कोहलपुर उद्योग वाणिज्य संघको बहुआयामिक भवन निर्माणार्थ आयोजित महोत्सवको एक औपचारिक समारोहका बीच लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री दुर्गाप्रसाद चौधरीले पानसमा बत्ती बालेर उद्घाटन गरे । महोत्सव उद्घाटनसत्रका प्रमुख अतिथिसमेत रहेका मन्त्री चौधरीले थला परेको अर्थतन्त्रलाई महोत्सवले सुधार गर्न भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘महोत्सवमा कृषि, पर्यटन र उद्योगसम्बन्धी महŒवपूर्ण गतिविधि हुने मेरो विश्वास छ,’ उनले भने, ‘यहाँका स्थानीय उत्पादनको प्रवद्र्धन हुने आशा छ । महोत्सवको उद्देश्य प्राप्तिमा पनि भूमिका खेलोस् ।’
यस्तै उनले कोहलपुर आफ्नो निर्वाचन क्षेत्रसमेत भएकाले यस क्षेत्रको विकासका लागि आफू दृढ संकल्पका साथ अघि बढ्ने प्रतिबद्धतासमेत दोहो¥याए ।

महोत्सवको उद्देश्यमाथि प्रकाश पार्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक लक्ष्मणराज पौडेलले कोहलपुर उद्योग वाणिज्य संघको बहुआयामिक भवन निर्माणार्थ महोत्सव आयोजना गरिएको बताए । पछिल्लो समय थिलथिलो भएको आर्थिक क्षेत्रलाई चलायमान बनाउनुका साथै प्रतिकूलताभित्र अनुकुलता खोज्ने प्रयास पनि महोत्सवले गर्ने उनको भनाइ छ ।
यस्तै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले कोहलपुरमा पहिलोपटक आयोजित महोत्सवको विशिष्ट महŒव रहेको बताए । हाल आर्थिक मन्दीका कारण निजी क्षेत्र विक्षिप्त भएका बेला यस्ता महोत्सवले चलायमान बनाउन भूमिका खेल्ने उनले जनाए । महोत्सवमा उद्यमशीलताको प्रवद्र्धन हुनेमा आफू विश्वस्त रहेको उनले बताए । यस्तै लुम्बिनी प्रदेशसभा सदस्य सञ्जुकुमारी चौधरीले महोत्सव जुन उद्देश्यले आयोजना गरिएको हो सोहीअनुसार सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गरिन् । कोहलपुर नगरपालिकाकी निवर्तमान उपप्रमुखसमेत रहेकी चौधरीले महोत्सव पारदर्शी हुनेमा विश्वास व्यक्त गरिन् ।

उक्त अवसरमा शुभकामना मन्तव्य लुम्बिनी प्रदेश सदस्य मीना श्रेष्ठले आर्थिक क्षेत्र चलायमान बनाउन सम्पूर्ण सरोकारवाला एकजुट हुनुपर्नेमा जोड दिइन् । उक्त अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यद्वय जमशेर अलि मियाँ र किशोर आचार्यले महोत्सव, कृषि, पर्यटन, उद्योग तथा वन क्षेत्रको संरक्षण प्रवद्र्धन र निजी क्षेत्रको विकासका लागि सहयोगी भूमिका खेल्ने बताएका थिए । कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धन गर्नुका साथै कला, साहित्य र संगीत क्षेत्रको विकासमा भूमिका खेल्नेमा बताए । शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले महोत्सव सफल होस भन्दै शुभकामना प्रकट गरेका थिए ।

महोत्सवमा पाँच करोडको आर्थिक करोबार हुने अनुमान गरिएको छ । यस्तै महोत्सव तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको आयोजक कोहलपुर उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवमा दुई सय ५० स्टल राखिएका छन् । महोत्सवमा स्थानीय उत्पादन र स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ । महोत्सव आगामी फागुन १३ गतेसम्म सञ्चालन हुनेछ ।शुक्रबारदेखि सुरु भएको महोत्सवमा आज राष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकारले प्रस्तुति दिने भएका छन् । महोत्सवको दोस्रो दिन राष्ट्रिय कलाकार शान्तिश्री परियार, मिलन नेवार र चन्द्र शर्माको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ । योसँगै स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने बताइएको छ ।

प्रकाशित मिति : २०७९ फागुन ६ गते शनिबार