हजका लागि आवेदन खुला



नेपालगन्ज,नेपालबाट सन् २०२३ को हज १४४४ का लागि जान चाहन चाहनेहरुका लागि निवेदन खुला भएको छ । गृह मन्त्रालयअन्तर्गतको नेपाल हज समितिले हज यात्रा गर्न चाहने इस्लाम धर्मावलम्बीहरूका लागि आगामी चैत ४ गतेभित्र आवश्यक प्रक्रिया पूरा गरी निवेदन दिन सूचना प्रकाशित गरेको हो ।

हज यात्राका लागि पहिलो किस्तावापतको दुई लाख २५ हजार रुपैयाँ आफ्नो स्थायी ठेगना रहेको जिल्ला प्रशासन कार्यालयमा बुझाएर निवेदन दिनुपर्ने हज समितिले जनाएको छ । निवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्र र राहदानीको फोटोकपी, रकम बुझाएको भौचर, हालसालै खिचिएको २ प्रति पासपोर्ट साइजको फोटो, कोरोनाविरुद्धको पूर्ण खोप लगाएको क्यूआर कोड र बैंक खाताको चेकको फोटोकपी आगामी चैत ४ गतेसम्म पेस गर्नुपर्नेछ ।

नेपालबाट एक हजार दुई सयजना इस्लाम धर्मावलम्बीले हज गर्न सक्ने गरी साउदी अरब सरकारले कोटा छुट्टाएको छ । सोहीअनुसार प्रक्रिया पु¥याएर निवेदन दिएकाहरुले हज यात्रामा जान पाउनेछन् ।

प्रकाशित मिति : २०७९ फागुन ५ गते शुक्रबार