कोहलपुर, बैजनाथ गाउँपालिकास्थित सम्झना बजारमा व्यावसायिक कृषि तथा तरकारी खेती तालिम सम्पन्न भएको छ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय सम्झना बजार बाँकेले आयोजनामा तालिम सम्पन्न भएको हो ।
तालिमको उद्घाटन वित्तीय संस्थाका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रद्रेश प्रमुख वसन्त सुवेदीले गरेका थिए । तालिममा विभिन्न केन्द्रका ४२ जना महिला शेयर सदस्यहरुको सहभागिता रहेको थियो । उनीहरुलाई कृषि बेमौसमी तरकारी खेती व्यवसायको व्यवहारिक प्रशिक्षणबारे तालिम प्रदान गरिएको शाखा प्रमुख आशिष झ्यारीले बताए । उनका अनुसार सदस्य महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यअनुरुप एक दिने तालिम प्रदान गरिएको हो ।
यस्तै प्रदेश प्रमुख सुवेदीले सहभागीहरुलाई व्यावसायिक बन्न तालिममा प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्न आग्रह गरेका थिए । आफू र आफ्नो परिवारको आर्थिक अवस्था सुधार गर्दै आफ्नै गाँउमा स्वरोजगार बन्नका लागि संस्थाले पनि सहयोग गर्ने बताए । विजयपुर, पोखरा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट (घ) वर्गको वित्तीय कारोबार गर्न स्वीकृति प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था हो । वित्तीय संस्थाले देशभरि रहेका एक सय १९ वटा शाखा कार्यालयहरु मार्फत करिब एक लाख ५० हजार घरपरिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्