18 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

प्रेस सेन्टर नेपाल बाँकेको साधारण सभा तथा विशेष अधिवेशन : अध्यक्षमा राजेश आचार्य,, कोहलपुर शाखा उत्कृष्ट

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, माघ २९, २०७९  

कोहलपुर: प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती बाँकेको अध्यक्षमा राजेश आचार्य निर्विरोध चयन भएका छन् । आइतबार नेपालगन्जमा सम्पन्न साधारण सभा तथा विशेष अधिवेशनबाट अध्यक्षमा आचार्य चयन भएका हुन् । उनको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समन्वय समिति गठन गरिएको हो ।

आचार्य यसअघि जिल्ला उपाध्यक्ष थिए । साधारण सभाबाट उपाध्यक्षहरुमा संगिन शर्मा ,सीता वली (महिला) , सचिवमा केपी घिमिरे र सह सचिवहरुमा डिल्ली र तिलक नेपाली र कोषाध्यक्षमा अनिता विश्वकर्मा निर्विरोध चयन भएका हुन् ।

सदस्यहरुमा सन्तोष बिष्ट , कल्पना शाही,निरज सिंह,खिमप्रकाश डिसी, ममता खड्का, अनिश शाह, असरज अलि रंगरेज, इन्द्र चौधरी,युसुव अन्सारी र कृष्ण उपाध्याय चयन भएका हुन् । प्रेस सेन्टर नेपाल बाँकेको साधारण सभा तथा विशेष अधिवेशन नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री महेश्वरजंग गहतराजको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
उक्त अवसरमा बोल्दै उले गणतन्त्र र संविधानमाथि प्रहार हुन थालेको बताएका थिए । अब गणतन्त्रवादी शक्तिहरु एकजुट हुनुपर्नेमा उनले जोड दिए ।

सो अवसरमा प्रेस सेन्टर, बाँकेले क्रान्तिकारी पत्रकारिता पुरस्कार प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष डक्ट धिताल र बिरमि चन्द्र ग्रामीण पत्रकारिता पुरस्कार युथ टुडे न्युजका सम्पादक एंव नरैनापुर गाउँपालिकाका प्रेस बिज्ञ आलम खान र प्रेस सेन्टर नेपाल कोहलपुर शाखाकी कार्यसमिति सदस्य कल्पना शाहीलाई प्रदान गरेको थियो ।

यस्तै, पत्रकारहरू सिराज खान, सुशील लामिछाने, शिव सुनार, प्रदीप वाग्ले, गजेन्द्र गुरुङ र हेमन्त चौधरीलाई पत्रकारिता क्षेत्रमा रहेर योगदान दिएकाले सम्मान गरिएको थियो ।

 

जिल्लाभरका उत्कृष्ट शाखाका रुपमा प्रेस सेन्टर नेपाल कोहलपुर शाखा उत्कृष्ट शाखाको रुपमा पुरस्कृत भएको थियो ।

सो कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्री कृष्णा केसी, नेपालगन्ज उपमहानगरका उपप्रमुख प्रशान्त विष्ट, माओवादी केन्द्रका केन्द्रीय सदस्यत्रय आईपी खरेल, पार्वती पुन र नरेन्द्र न्यौपाने, प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष निर्मल ज्ञवाली, लुम्बिनी प्रदेशका अध्यक्ष मानसिंह विक, नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईंलगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मितिः आइतवार, माघ २९, २०७९     8:33:41 PM  |