कोहलपुर : कोहलपुर–११ स्थित दशविगाहामा घैंटो डि. लाउण्ज एण्ड बार प्रा.लि. सञ्चालमा आएको छ । कोहलपुर क्षेत्रका पाँच जना युवाले संयुक्त रुपमा सञ्चालन गरेको घैँटो डि. लााउण्ज औपचारिक रुपमा सञ्चालनमा आएको हो । शनिबार एक कार्यक्रमका बीच कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले पानसमा बत्ती बालेर उद्घाटन गरिन् । उक्त अवसरमा बोल्दै नगर उपप्रमुख सुवेदी कोहलपुर क्षेत्रहरुकै युवाहरुको संयुक्त प्रयासमा उद्यम सञ्चालनमा आउनु सकारात्मक रहेको बताइन् । उनका अनुसार देश विकासमा युवाहरुको उल्लेख्य भूमिका रहेको भन्दै युवाहरु उद्यमशिल हुनुपनि सकारात्मक कुरा हो । कोहलपुरमा फरक खालको व्यवसाय सुरु भएको समेत उनले बताइन् ।
राज्य आर्थिक मन्दीमा छ । उहाँहरुले व्यवसाय सुरु गर्नु भएको छ । ‘त्यो पनि ४० जनालाई रोजगारी दिनु भएको छ । यो एकदमै राम्रो कुरा हो । यसलाई निरन्तरता दिनु होला ।’ उनले भनिन् । उक्त अवसरमा बोल्दै होटल व्यवसायी संघ लुम्बिनी प्रदेशका प्रथम उपाध्यक्ष एकनारायण चापागाईँले युवाहरुद्धारा सुरु गरिएको व्यवसायले रोजगारी सिर्जना गरेको बताए । आर्थिक मन्दीको समयमा युवारुहले गरेको जमर्काे प्रशंसनीय रहेको उनले बताए । कोहलपुर नगरपालिका वडा नम्बर १२ का अध्यक्ष वीरेन्द्रकुमार शाहका अनुसार विरेन्द्र शाह उदमशिल युवाहरूले सुरु गरेको व्यवसाय राम्रोसँग सञ्चालन हुनेमा विस्वास व्यक्त गरिएको छ । नेकपा एमाले कोहलपुर नगर कमिटीका अध्यक्ष नमप्रसाद शर्माले नयाँ व्यवसाय सुरु हुने कुरा युवाहरुको आँट र अठोटको उपज भएको प्रतिक्रिया दिएका थिए ।
अत्याधुनिक सेवा सुविधासहित प्रा.लि. १ करोड लागतमा निर्माण गरिएको हो । प्रा.लि.का अध्यक्ष रुद्रप्रसाद खनालका अनुसार कोहलपुरमा नयाँ सेवा सुविधासहित विभिन्न प्रकारका सेवा दिने उद्देश्यले घैंटो डि. लाउण्जको स्थापना गरिएको हो । प्रा.लि.ले थकाली लेकाली खाना, पार्टी प्यालेस, दोहोरी साँझ स्नुकर हाउसका साथै क्याफे र रेष्टुरेन्टको सेवा उपलब्ध गर्ने उनको भनाइ छ ।
प्रा.लि.का सञ्चालक खेमराज शर्माका अनुसार उद्घाटनको अवसरमा विभिन्न सफल ल्याइएको छ । उनले माघ २८ गतेदेखि फागुन २ गतेसम्म ग्राहकहरुका लागि विशेष प्याकेट ल्याएको बताए । पाँच दिसम्म राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसहित सिंगल प्याकेज र कप्पल प्याकेट रहेको बताए । विभिन्न आकर्षक परिकारसहित सिंगल प्याकेटका लागि १ हजार पाँच सय र कप्पल प्याकेटका लागि २ हजार पाँच सय रुपैयाँको अफर रहेको छ ।
पाँच दिनसम्म दोहोरी साँझमा पाँच जना राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुति रहनेछ । पहिलो दिन इन्दे्रणीबाट चर्चामा आएका लोकदोहोरी गायक छत्र शाही र काजल जोशी आउनेछन् । त्यसैगरी हरेक दिन कल्पना दाहालm टिका पुन, गोपाल जिएम र दिपेन्द्र केसी लगायतका कलाकारहरुका आउनेछन् ।
उद्घाटनपछि हरेक दिन हुने दोहोरी साँझमा स्थानीय कलाकारहरुको प्रस्तुति हुने उनको भनाइ छ । प्रा.लि. पाँच जनाले सञ्चालन गरेका हुन् । जसका अध्यक्ष रुद्रप्रसाद खनाल रहेका छन् भने अन्य सञ्चालक सदस्यहरुमा खनाल र शर्मासहित सन्दिप बाँनिया,लक्ष्मण पोडेल र सन्जित ओली रहेका छन् । घैंटो डि. लाउण्ज एण्ड बार प्रा.लि. ४० जनालाई प्रत्यक्ष रोजगारी दिनेछ । यसका शाखा सुर्खेत र नेपालगन्जमा समेत खोल्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस्