कोहलपुर : कोहलपुरमा पाँच जना युवाहरुले संयुक्त रुपमा सञ्चालन गरेको घैंटो डि. लाउण्ज एण्ड बार प्रा.लि. माघ २८ गते सञ्चालनमा आउँदैछ । कूल १ करोड लागतमा स्थापना गरिएको अत्याधुनिक सेवा सुविधासहित प्रा.लि. सञ्चालनमा आउन लागेको हो । शनिबार विहान ९ बजे कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले औपचारिक रुपमा उद्घाटन गर्दैछन् ।
प्रा.लि.का अध्यक्ष रुद्रप्रसाद खनालका अनुसार कोहलपुरमा नयाँ सेवा सुविधासहित विभिन्न प्रकारका सेवा दिने उद्देश्यले घैंटो डि. लाउण्जको स्थापना गरिएको हो ।
प्रा.लि.ले थकाली लेकाली खाना, पार्टी प्यालेस, दोहोरी साँझ स्नुकर हाउसका साथै क्याफे र रेष्टुरेन्टको सेवा उपलब्ध गर्ने उनको भनाइ छ । प्रा.लि.का सञ्चालक खेमराज शर्माका अनुसार उद्घाटनको अवसरमा विभिन्न सफल ल्याइएको छ । उनले माघ २८ गतेदेखि फागुन २ गतेसम्म ग्राहकहरुका लागि विशेष प्याकेट ल्याएको बताए । पाँच दिसम्म राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसहित सिंगल प्याकेज र कप्पल प्याकेट रहेको बताए ।

विभिन्न आकर्षक परिकारसहित सिंगल प्याकेटका लागि १ हजार पाँच सय र कप्पल प्याकेटका लागि २ हजार पाँच सय रुपैयाँको अफर रहेको छ । पाँच दिनसम्म दोहोरी साँझमा पाँच जना राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुति रहनेछ । पहिलो दिन इन्दे्रणीबाट चर्चामा आएका लोकदोहोरी गायक छत्र शाही र काजल जोशी आउनेछन् ।

त्यसैगरी हरेक दिन कल्पना दाहालm टिका पुन, गोपाल जिएम र दिपेन्द्र केसी लगायतका कलाकारहरुका आउनेछन् । उद्घाटनपछि हरेक दिन हुने दोहोरी साँझमा स्थानीय कलाकारहरुको प्रस्तुति हुने उनको भनाइ छ । प्रा.लि. पाँच जनाले सञ्चालन गरेका हुन् ।

जसका अध्यक्ष रुद्रप्रसाद खनाल रहेका छन् भने अन्य सञ्चालक सदस्यहरुमा खनाल र शर्मासहित सन्दिप बाँनिया,लक्ष्मण पोडेल र सन्जित ओली रहेका छन् । घैंटो डि. लाउण्ज एण्ड बार प्रा.लि. ४० जनालाई प्रत्यक्ष रोजगारी दिनेछ । यसका शाखा सुर्खेत र नेपालगन्जमा समेत खोल्ने तयारी छ ।









प्रतिक्रिया दिनुहोस्