गणेश रावत,कोहलपुर (बाँके)
५ औँ अन्तर माध्यमिक बिद्यालय स्तरीय उप–मेयर कप छात्रा क्रिकेट प्रतियोगिता सुरु भएको छ । कोहलपुर नगरपालिकाको आयोजना तथ नगर स्तरीय खेलकूद विकास समितिको सञ्चालन तथा व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको बिहीबार एक औपचारिक कार्यक्रमका बीच नगरप्रमुख पुर्णप्रसाद आचार्यले व्याटिङ तथा उप–प्रमुख संगीता सुवेदीले बलिङ गर्दै प्रतियोगिताको उद्घाटन गरे ।
उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख आचार्यले क्रिकेट प्रतियोगिताले कोहलपुर क्षेत्रका छात्राहरुको क्षमता परिक्षण हुने बताए । उनका अनुसार क्रिकेट प्रतियोगितालाई आगामी दिनमा थप व्यवस्थित बनाउँदै लगिनेछ । नगरपालिकाले खेलकूद र खेलाडीलाई प्रोत्साहन गर्न विभिन्न खेल सञ्चालन गर्दै आएको नगर प्रमुख पुर्णप्रसाद आचार्यले बताए । आगामी दिनमा पनि नगरपालिकाले खेलकूदलाई प्राथामिकताका साथ अघि बढाउने उनको भनाइ थियो ।
प्रतियोगिताको उद्घाटन समारोहमा नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धिबहादुर थापा मगरले उप–मेयर कप छात्रा क्रिकेट प्रतियोगिताले छात्राहरुलाई आफ्नो क्षमता देखाउने अवसर समेत भएको बताए । उनका अनुसार प्रतियोगितालाई भव्य र सभ्य बनाउन सबैको भूमिका महत्वपूर्ण रहेको छ । प्रतियोगिता उद्घाटन समारोहकी सभापति तथा नगर उपप्रमुख संगीता सुवेदीले कोहलपुरको पहिचान क्रिकेट भएको बताइन् । उनका अनुसार प्रतियोगिताले महिला शसक्तिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । प्रतियोगितालाई राष्ट्रव्यापी रुपमा अघि बढाउनुपर्ने बताइन् । पहिलो दिन कोहलपुर बागेश्वरी र ज्यानज्योति माध्यमिक विद्यालय चप्परगौडीबीच पहिलो खेल भएको थियो । टस जितेर कोहलपुर बागेश्वरी माविmे ब्याटिङ्ग गर्ने निर्णय गरेको थियो । निर्धारित १५ ओभरको खेलमा ६ विकेट गुमाउँदै ११२ रन बनाउन सफल भयो । ११३ रनको विजय लक्ष्य लिएर उत्रेको ज्ञानज्योतिले १३.२ ओभरमा ३ विकेट गुमाई लक्ष्य पछ्याउन सफल भएको आयोजकले जनाएको छ । पहिलो खेल जितेको विद्यालय ज्ञानज्योतिकी निस्मा चौधरी म्यान अफ द म्याच घोषित भइन् । प्रतियोगितामा १० टिम सहभागी छ । प्रतियोगिताको दोस्रो दिन आज तीन खेल हुनेछन् । प्र्रतियोगिता २८ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्