19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

दिदिबहिनी समाजको बार्षिकोत्सव

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ २७, २०७९  

नेपालगन्ज,दिदिबहिनी समाज बाँकेको प्रथम बार्षिकोत्सव सम्पन्न भएको छ । संस्थाको आयोजनामा एक वर्षअघि स्थापना भएको समाजको पहिलो बार्षिकोत्सव सम्पन्न भएको हो । महिलाहरुको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता भई गैर सरकारी संस्थाको रुपमा कार्य गर्दै आएको छ ।

कार्यक्रम नेपालगन्ज उपमहानगरपालिकाका निर्वतमान उप–प्रमुख उमा थापामगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त अवसरमा बोल्दै थापामगरले मगरले दिदिबहिनी र आमाहरुको संयुक्त टिम साँच्चिकै उदाहरणीय रहेको बताइन् । संस्था स्थापनाको छोटो समयमा नै थुप्रै सामाजिक कार्य गरिसकेकोमा खुसी व्यक्त गर्दै संस्थाले गर्ने हरेक कार्यमा साथ र सहयोग रहने प्रतिबद्धता गरिन् ।


कार्यक्रममा बोल्ने अतिथिहरुले सामाजिक क्षेत्रमा महिलाहरुको सख्या न्यून रहेकोमा महिला ले नै नेतृत्व गरेको र सहभागी रहेको संस्थाले कार्य गर्नु प्रशंसनीय रहेको बताएका थिए । दिदिबहिनी समाज बाँकेका अध्यक्ष रमादेवि शाहले संस्था शिशु अवस्थामा रहेको भन्दै सबैको सहयोगको अपेक्षा गरेको बताइन् । कार्यक्रममा संस्थाका उपाध्यक्ष दिलाशाहले प्रस्तुत गरेको बार्षिक प्रगतिप्रतिबेदन छलफल पश्चात अनुमोदन गरेको छ ।

 

 

प्रकाशित मितिः शुक्रबार, माघ २७, २०७९     1:31:56 PM  |