28 April 2024  |   आइतवार, बैशाख १६, २०८१

BREALING : डुडुवामा बालसुधार गृहमा प्रहरी र बन्दीबीच झडप, भवनमा आगजनी फोटो र भिडियोसहित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ २६, २०७९  

नेपालगन्ज,  बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ मा रहेको एक बालगृहमा आगजनी गरिएको छ । जयेन्दु बाल सुधार गृहमा बालबन्दी र प्रहरीबीच झडप हुनुका साथै आगजनी गरिएको हो ।

। बालसुधार गृहमा रहेका केही बन्दीहरुलाई अन्यन्त्र सार्ने विषयमा विवाह हुँदा बालबन्दी र प्रहरीबीच झडप भएको हो ।

सो विषयमा केही व्यक्तिहरुले प्रहरीमाथि आक्रमण गर्नुका साथै आगजनी पनि गरेका छन् । त्यहाँ कानुनी विवादमा परेर सुधारगृहभित्र राखिएका बस्छन् । उनीहरु दुई समूहमा विभाजन भएर भिडन्तमा उत्रिएका हुन् । उनीहरु मध्ये केहीलाई काठमाडौं स्थानान्तरण गर्न थालेपछि तोडफोड र आगजनी गरिएको हो । बालसुधार गृहभित्र प्रहरीले प्रवेश गर्न सकेको छैन । प्रहरीलाई स्थिति नियन्त्रणमा लिन कठिनाइ भएको छ ।

बाँकेका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले केही बन्दीहरुलाई अन्यत्र सार्न लागिएकोमा उनीहरुले अवरोध गर्न खोज्दा तनाव उत्पन्न भएको बताए । उनले आफू घटनास्थलमै पुगेर घटनाको कारण र क्षतिबारे बुझ्न लागिरहेको बताए ।

बालसुधार गृहमा रहेका प्रहरीले घटना नियन्त्रणमा लिन नसकेपछि बाहिरबाट प्रहरीहरु बोलाउनुपरेको थियो । गृहमा कानुनी विवादमा परेका करिब ३ सय जना छन् । अहिलेपनि आगजनी भइरहेको छ । दमकलले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ ।

हेर्नुहोस भिडियो

प्रकाशित मितिः बिहिबार, माघ २६, २०७९     9:38:33 PM  |