19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

नेपालगन्जमा खुल्ला भलिबल प्रतियोगिता हुँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, माघ २५, २०७९  

कोहलपुर : जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । नेकपा (माओवादी केन्द्र) नेपालगन्जको आयोजनामा आगामी फागुन १ र २ गते जिल्लास्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हो ।

५० हजार पुरस्कार राशीको खुला भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेपालगन्जका अध्यक्ष रतन शाहीले बताए । २७औँ जनयुद्ध दिवसको उपलक्ष्यमा प्रतियोगिता सञ्चालन गरिने छ । भलिबल प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई ३५ हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी र उत्कृष्ट स्टाइकरलाई जनही तीन हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा तीनवटै विभागीय टोलीसँगै अन्य राष्ट्रियस्तरका टोलीलाई पनि सहभागी गराउने योजना रहेको आयोजनाको तयारी छ ।

प्रकाशित मितिः बुधबार, माघ २५, २०७९     1:38:11 PM  |