कोहलपुर, २३ माघ
बाँकेको कोहलपुर र बर्दियाको बाँसगढीमा बजाज एक्सचेन्ज सुरु भएको छ । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता प्राप्ति इन्टरनेशनलको आयोजनामा बजाज एक्सचेन्ज सुरु भएकाके हो ।
‘अब आउटडेटलाई गरौँ अपग्रेट’ बजाज अपग्रेट सुरु भएको प्राप्ति इन्टरनेशनलका प्रोपाइटर पुष्पराज न्यौपानेले बताए । उनका अनुसार माघ २२ गतेबाट सुरु भएको एक्सचेन्ज आगामी माघ २७ गतेसम्म सञ्चालन हुनेछ । सेवाग्राहीहरुको सुविधाका लागि कोहलपुरस्थित शाखा र बर्दियाको बाँसगढी नगरपालिकास्थित मैनापोखर शाखामा सुरु भएको उनले बताए ।
सेवाग्राहीहरुको आवश्यकतालाई मध्यनजगर गर्दै बजाजको शाखाको बाँसगढीमा सरस्वती पूजाको दिनबाट सेवा सुरु गरिएको थियो । उक्त अवसरमा बजाज कम्पनीका नयाँ मोटरसाइकल लिने र पुराना मोटरसाइकल दिने काम हुने उनको भनाइ छ ।
कुनै पनि मोटरसाइकलको प्रचलित बजार भ्यालुयसनभन्दा सात हजार थपको व्यवस्था रहेको छ । यस्तै आठ हजार रुपैयाँ क्यास डिस्काउट, हेल्मेट र लेखगाडसहित फ्रि एसोसेरिजको व्यवस्था रहेको उनले बताए । सोमबार बाँसगढीमा एउटा र कोहलपुरमा दशवटा बाइक बिक्री भएको न्यौपाने बताउँछन् । यस्तै फाइनान्स र एक्सचेन्जको सुविधासमेत रहेकोले समयमै अवसरको फाइदा लिन अनुरोध गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्