कोहलपुर, २० माघ
कोहलपुर नगरपालिकाअन्तर्गत स्वास्थ्य शाखाका प्रमुख र मिडियाकर्मीबीच स्वास्थ्य प्रवद्र्धन सेवासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश अस्पताल स्वास्थ्य निर्देशनालयको आयोजनामा कोहलपुरमा क्रियाशील मिडियाकर्मी र स्वास्थ्य संस्थाका प्रमुखबीच अन्तरक्रिया सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै स्वास्थ्य सेवा निर्देशक भरतबहादुर कुँवरले स्वास्थ्य सेवाका विषयमा सञ्चारमाध्यममा सकारात्मक समाचारको वृद्धिहोस् भन्ने उद्देश्य अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताए । स्वास्थ्य संस्थाको सेवालाई गुणस्तरीय बनाउन मिडियाकर्मीहरुको भूमिका महŒवपूर्ण हुने उनको भनाइ छ । अन्तरक्रियामा सहजीकरण गर्दैै उनले मिडियामा स्वास्थ्य सेवाका क्षेत्रको बारे जनतामाझ जानकारी प्रदान गरिनुपर्नेमा जोड दिए ।
स्वास्थ्य संस्थाबाट प्रवद्र्धनात्मक, प्रतिकात्मक सेवालाई बढवा दिनुपर्ने उनले बताए । यस्तै सामाजिक, आर्थिक, सांस्कृतिक तथा वातावरण जस्ता महŒवपूर्ण पक्ष स्वास्थ्यका सूचक रहेको बताए । अन्तरक्रियामा कोहलपुर नगरपालिकाअन्तर्गत स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले चालू आर्थिक वर्षमा नगर स्वास्थ्य शाखामार्फत गरेका काम र गर्नुपर्ने विषयमा जानकारी गराएका थिए । ठकुरीले कोहलपुरमा रहेका स्वास्थ्य संस्थाहरुको संख्या र अवस्था, खोप, पोषण, सुरक्षित मातृत्व कार्यक्रम, परिवार नियोजन कार्यक्रम, दादुरा–रुबेलाको वर्तमान अवस्थालगायतका बारेमा जानकारी दिए । चालू आर्थिक वर्षमा कोहलपुर नगरपालिकाले एक करोड ४५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
टाइफाइडविरुद्धको खोप अभियान, प्रजनन स्वास्थ्य, जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुको उपचार, परिवार नियोजन, नसर्ने रोगका सचेतनामूलक कार्यक्रम, यात्रु सहायता कक्षमा गरिएको चेकजाँच, विद्यार्थी लक्षित दादुरा–रुबेला खोप, औषधि व्यवस्थापनलगायतका कामहरु शाखामार्फत भइरहेको बताए । कार्यक्रमका सहभागी पत्रकारहरुले कोहलपुरमा आवश्यकताअनुसारको जनशक्ति कम हुनु, दरबन्दीअनुसारका स्वास्थ्यकर्मी र कर्मचारी अभाव, उपकरणको अभाव, औषधिको अभाव, आयुर्वेदिक औषधालयका समस्या तथा एम्बुलेन्स समस्यालगायतका कुरा स्वास्थ्य क्षेत्रले भोेगिरहेको बारेमा जिज्ञासा राखेका थिए ।
स्वास्थ्यकर्मीहरुको तर्फबाट बोल्दै वडा नम्बर ७ का सहरी स्वास्थ्य केन्द्रका प्रमुख सुधन बुढाथोकीले सबै बिरामीलाई समान तरिकाले उपचार गर्दै आएको बताए । बुढाथोकीले स्वास्थ्य केन्द्रमा नभएको औषधिलगायतका कुनै सामग्री विपन्न व्यक्तिलाई आफँैले किनेर दिएको अनुभव सुनाए । उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक इश्वरीप्रसाद विश्वकर्माले समाचार र सूचनाको माध्यमबाट स्वास्थ्य सेवाका बारेमा सकारात्मक सन्देश प्रवाह मिडियाकर्मीहरुको भूमिका महŒवपूर्ण रहेको बताए । उनले कोहलपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकताका साथमा अघि बढाइरहेको भन्दै त्यसमा मिडियाकर्मीहरुले समेत भूमिका खेल्नुपर्नेमा जोड दिए । नागरिकलाई छिटो र छरितो तथा गुणस्तरीय सेवा प्रमुख लक्ष्य रहेको समेत बताए ।अन्तरक्रियामा कोहलपुर नगरपालिकाअन्तर्गत विभिन्न स्वास्थ्य संस्थाका प्रमुख तथा मिडियाकर्मीहरुको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्