कोहलपुरका डिएसपीको सरुवा



कोहलपुर, २० माघ
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ऐनबहादुर मल्लको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले एक सय ५० जना डिएसपीको सरुवा गरेको हो । तीमध्ये मल्लसमेत परेका छन् ।
प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशित गरी एक सय ५० डिएसपीको सरुवा गरिएको जानकारी गराएको हो । मल्लको नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल रुपन्देहीमा सरुवा भएको छ । अब कोहलपुरको डिएसपीको रुपमा सुन्दर तिवारी आउनेछन् ।

उनी इलाका प्रहरी कार्यालय कास्कीबाट कोहलपुर सरुवा भएका हुन् । मल्लले १० महिना अघिदेखि कोहलपुर प्रहरीको कमाण्ड समालिरहेका थिए । कोहलपुर प्रहरीको डिएसपीको रुपमा १० महिना काम गरेर मल्लले आफ्नो सरुवा भएको पुष्टि गरे । ‘हो मेरो सरुवा भएको हो । म अब सुनवल जाने भएँ । मैले यहाँ १० महिना काम गर्ने अवसरमा पाएँ । सबैप्रति कृतज्ञ छुँन,’ उनले भने ।

  • No tags available
प्रकाशित मिति : २०७९ माघ २१ गते शनिबार